काठमाडाैं ।संविधान दिवसका दिन नेपालको इतिहासमै पहिलोपटक कार्यबाहक प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रसंघ महासभामा भाग लिन अमेरिकामा रहेकाले संविधान दिवस मूल समारोहलाई कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सम्बोधन गर्ने भएका हुन् ।
२०७२ असोज ३ गते संविधान जारी भएयता हरेक समारोहमा प्रधानमन्त्री आफैं उपस्थित हुँदै आएका थिए । संविधान दिवसका दिन टुँडिखेलमा विशेष समारोह आयोजना गरिँदै आएको छ ।
यसपटक प्रधानमन्त्रीको विदेश भ्रमण परेकाले उपप्रधान एवं रक्षामन्त्री खड्का कार्यबाहक प्रधानमन्त्रीका रूपमा सहभागी हुन लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री अमेरिकाबाट सिधै चीन प्रस्थान गर्ने कार्यक्रम छ । उनी असोज १३ गते मात्र स्वदेश फर्किनेछन् ।


















