उपत्यकामा अवैध लागूऔषध सहित पक्राउ

353

काठमाडौं / काठमाडौं महानगरपालिका-१५ छाउनी चोकबाट सोही स्थान बस्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका २५ बर्षीय छिरिङ तुन्डु शेर्पालाई नियन्त्रित लागूऔषध सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट डाइजेपाम १८ एम्पुल, बुप्रेनोर्फिन १८ एम्पुल र फेनारगन १८ एम्पुल फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट ३ किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका-८ घर भएका ४१ वर्षीय देवराज अधिकारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा। ४ ख ८५२३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाईछिपाई ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्कबाट सोही ठाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-१५ घर भएका २९ वर्षीय उमेश लामालाई नियन्त्रित लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट डाइजेपाम २३ एम्पुल, बुप्रेनोर्फिन २३ एम्पुल, फेनारगन २३ एम्पुल र नाईट्राभेट १ सय ३५ ट्याब्लेट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here