काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मोबाईल १ सय ८९ थान र सोको चार्जर १ सय ९७ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । साथै उक्त मोबाइल तिब्बतीयन नागरिक ४२ वर्षीय संगीय तिब्बतीयन रहेको खुल्न आएपश्चात उनलाई नयाँ बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश नम्बर-३-०१-००६ ख ०२४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त बसको डिकीमा सुटकेशमा वेवारिसे अवस्थामा फेला परेका उक्त मोबाइल प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















