काठमाडौं / महिला बौद्ध समूहद्धारा २०७५ सालमा एसईई पास भएका विद्यार्थीहरुलाई गत शनिबार एक कार्यक्रमकाे आयोजना गरी सम्मान गरेको छ ।
बुद्धबारीमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघाराम बिहारका भिक्षु धर्मानन्द पाल्नु भएको थियो भने अतिथिका रुपमा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख रोशनमान शाक्य, कामपा १२ वडाका अध्यक्ष विकास डंगोल, सोहि वडाका सदस्यहरु पुष्परत्न प्रजापति र उसिला देउलाको समेत उपस्थिति रहेकाे थियाे ।
प्रमुख अतिथि भिक्षुले बुद्ध, पुजा, शील प्रार्थनाका साथै धर्मदेशनाबाट सुरु भएको कार्यक्रममा अथिति उपमेयर हरिप्रभाव खड्गीले विद्यार्थीहरुको भविष्यका कर्णधार भएकोले आमाबुबाको सम्मान गर्दै आफ्नो भुमिका निभाउनु पर्ने र भावि प्रधानमन्त्रीको रुपमा महिला देख्न चाहेको धारण राखिन् ।
कामनपा १२ वडाका अध्यक्ष डंगोलले समाजसेवी चक्रमान डंगोलको सम्झना स्वरुप १२ वडामा सालिक राख्नका लागि पहल गर्ने जनाउनु भयो । साथै पुष्परत्न प्रजापतिले बुद्धवारी मार्गमा रहेको तथागत बुद्धको मन्दिर पुरानो भएकोले जिर्णोद्धार गर्नुपर्नेमा जोड दिए । उनले हाल बजेट भएकाले यथाशिघ्र सबैले सहयोग गर्नु पर्नेमा धारण राख्नुका साथै विद्यार्थीभाइबहिनीको उत्तरोत्तरप्रगतिको कामना समेत गर्नुभयो ।
वि.सं. २०५० साल देखि निरन्तर रूपमा एसईई सम्मान कार्यक्रम गर्दै अाइरहेकाे यस संस्थाले यस बर्ष पनि ३५ जना विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै उत्कृष्ट १० जनालाई मेडल सहित नारायण परिवार क्लवको तर्पmबाट मूर्ति, डंगोल स्टेशनरीबाट स्टेशनरी सामग्री तथा प्रथम हुने एलिसा महर्जनलाई ब्रम्ह स्पोटर्स क्लबबाट बुद्धकाे मूर्ति समेत प्रदान गरेकाे थियाे ।
कार्यक्रममा महिला बौद्ध समूहका अध्यक्ष श्रीमिला सुवालको सभापतित्वमा सम्पन्न भएकाे थियाे ।



















