संसारबाट विदा भए वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा

206

काठमाडौं/ वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा संसारबाट विदा भएकाे छ । शर्माको उपचारका क्रममा आज (बुधबार) निधन भएको हो ।

अाजभन्दा २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएका शर्मामा इन्फेक्सनको समस्या भएपछि हिजो राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

 

यसअघि शर्माको उपचारका लागि गंगालाल अस्पतालमा भएकोमा मंगलबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सारिएकोमा उनको त्यहीँ उपचारको क्रममा निधन भएको हो ।

इलाम जिल्लाको फिक्कलमा जन्मिएका शर्मा नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक समेत हुन् । उनको नेपाल नेपाल टेलिभिजनबाट प्रसारित विश्व घटना नामक कार्यक्रम निकै ख्याति कमाएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here