दार्चुला / शैल्यशिखर नगरपालिका-९ नाईल खोलास्थित सडकमा बिहीबार बिहान बा.१३ च २०४१ नम्बरको स्कारपियो गाडीको ठक्करबाट सोही स्थान बस्ने श्याम महरको ६ वर्षीय छोरा महेश महरको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















