अर्घाखाँची / शितगंगा नगरपालिका-१३ गोब्रेपानी बस्ने बिष्णु माया पुनको घरमा सोलरको तार सर्ट भई बुधबार राति आगलागी हुँदा घर, तथा घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, किराना पसलको सामानहरु, सुनका बिभिन्न गहना र नगद १ लाख ९५ हजार रुपैयाँ जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















