प्रचण्डको चुनौती र अवसर

152

 दीपेन्द्र रोकाया

 
नेपाली जनताले यतिबेला राष्ट्रिय अभिभावकको खोजी गरिरहेका छन् । त्यो अभिभावक राजनीतिक नेतृत्वबाट छनौट गर्नपर्ने हुन्छ । सबै क्षेत्रको नेतृत्व राजनीतिले गर्ने भएकाले त्यस क्षेत्रबाट खोजी हुनु स्वाभाविकै हुन जान्छ । प्रमुख दलहरू हुन् वा विद्यमान राजनीतिक दलका नेताहरूको अनुहार चहार्दा त्यस्तो अभिभावक भेट्न गाह्रो पर्दछ । तर सबै परिस्थितिको मापन गर्दै जाादा जे–जति आलोचना भए पनि त्यो अभिभावक हुन लायक व्यक्तित्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड देखा पर्दछन् । यो यथार्थ सबैले स्वीकानै पर्ने भएको छ ।

 
भन्न अप्ठेरो मान्न पर्दैन, नेपाल विस्तारकालदेखि राज्यसत्ताले निर्माण गरेका अन्तरविरोधलाई पहिचान गर्ने र त्यस अन्तरविरोधलाई परिचालन गरी जनयुद्धको उठान गर्ने साहसी नेतृत्व प्रचण्ड नै हो । प्रचण्डले नेतृत्व गरेको जनयुद्धले १० वर्ष, ९ महिना ५ दिनसम्म राज्यसत्ताका विरुद्ध जुन ढंगले हलचल मच्चायो, यसैले नेपालको राज्यसत्तामा निकै ठूलो हेरफेर आयो । मान्छेहरू जनयुद्धमा भएको क्षतिको कुरा बढी गर्दछन्, तर यसको तुलनामा देशका लागि अकल्पनीय परिवर्तन भएका छन्, त्यसको संस्थागत नहुनाले प्राप्त भएका उपलब्धिको रक्षा हुन नसकेको मात्र हो । यसैले सबैले भएको परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।

 
यस परिवेशमा नेपाली जनताले खेपेको सशस्त्र द्वन्दको एक दशक र शान्तिकाल भनेर परिभाषित गरिएको अर्को दशकको पीडा आफैमा महाभारत बनेका छन् । जनता चमत्कार चाहन्छन्, विकसित समाज विज्ञानका आधारमा कसैले कल्पना गरेजस्तो हुने कुरै भएन । विगतमा माओवादीका अध्यक्ष प्रचण्ड जहाा भए पनि उनको नाममा आएको एक वक्तव्यले सारा मोर्चा खोल्दथ्यो । तर शान्तिकालमा उनी जति सक्रिय भए पनि उनको आलोचनाको पारो बढेको पाइन्छ । उनले नेतृत्व गरेको पार्टी पनि टुक्रा–टुक्रा भयो, पुन: जोडियो । अहिले आउादा नेपालमा एउटा कम्युनिष्ट केन्द्र बनाउने लक्ष्य राखी सबभन्दा पहिले माओवाद/माओविचारधारा मान्नेहरूलाई एउटै केन्द्रमा ल्याउने कार्य भइरहेको छ ।

 
नेपालमा मान्छेहरू माओ, गान्धी र मण्डेलाजस्ता व्यक्तित्वको खोजी गर्दछन् । उनीहरू पनि आफ्नो समाजमा आलोचनाभन्दा बाहिर थिएनन् । जो काम गर्दछ, उसले बढी आलोचना खेप्न पर्दछ । नेपालको सन्दर्भमा प्रचण्ड यस्तै पात्र हुन् । उनले जनयुद्ध र शान्तिकालको पार्टी र सरकार सञ्चालनको अनुभव गरेका छन् । उनलाई आत्मविश्वास पनि छ कि मैले नेतृत्व गरो भने अब केही गर्न सक्छु भन्ने आधारमा पार्टी र देशका सामु अर्को परीक्षा दिन तयार भएको देखिन्छ । यो परिस्थिति आउनमा माओवादी केन्द्रको बलमा टिकेका प्रधानमन्त्री केपी ओलीले गरेको बेइमानको परिणाम हो भन्ने कुरा कसैले भनिरहनु नपर्ने तथ्य बनेको छ ।

 
केही समयअघिसम्म सहमतीय सरकार बन्नुपर्ने अडानका साथ सरकारमा जाने कुरा आफ्नो प्राथमिकतामा नराखेका प्रचण्डले जुन पहलकदमी उठाए, त्यो केपी ओलीजस्ता व्यक्तिको आाडे स्वरूपले दिएको चुनौतीलाई सामना गर्नका लागि भएको देखिएको छ । तर अब बन्ने प्रचण्ड नेतृत्वको सरकारलाई भारत र अमेरिकाले कसरी प्रयोग गर्छ भनी एकथरिले व्याख्या विश्लेषण गर्न पुगेका छन् भने अर्कातिर चीनले कसरी व्यवहार गर्दछ भनी टिप्पणी गर्नेहरू देखा परेका छन् । नेपालले चीन र भारतलाई समदुरीमा राखी नेपालको राष्ट्रिय हित अनुकूल सोच्ने र आफ्नो काम सम्पादन गर्न पर्दछ । हरेक कुरा अरुको बुइा चढेर गर्ने बानी बसाल्नु हुादैन । चीनले अहिलेको परिस्थितिलाई आन्तरिक मामिला भनेर जो सरकार भएपनि उही स्तरमा व्यवहार हुने बताइसकेको अवस्था छ भने भारतले पनि नेपालसाग बिग्ेरको सम्बन्ध सुर्धाने संकेत दिएको छ ।

 
नेपालको शान्ति प्रक्रियामा विभिन्न उतारचढाव र असन्तुष्टिका बीचमा सेना समायोजन भएको थियो । पहिलो संविधानसभाले संविधान दिन नसके पनि दोस्रो संविधानसभाले नयाा संविधान दिएको छ । यसमा थुप्रै कुरा अपुग छन् । तर पनि यसभित्र रहेका सकारात्मक उपलब्धिको रक्षा गर्न र समाज विकासमा अघि बढ्ने हो भने स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन निर्धारित समयमा सम्पन्न गर्न आवश्यक छ । यसमा हुने सफलताले वि.सं. २००७ सालको अग्रगामी आन्दोलनले पूर्णता पाउने छ । वि.सं. २०५२ सालमा उठान भएको जनयुद्धले उठाएका सवालहरू समाज विकासक्रममा पूरा गर्दै जानु पर्दछ । तर यतिबेला शान्तिप्रक्रिया पूरा गर्नका लागि सत्य निरूपण आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा परेका उजुरीको किनारा लगाउन जरुरी छ । सबैले सामाजिक न्याय पाउनै पर्छ । यसमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले जिम्मेवार भएर प्रस्तुत हुने बेला आएको छ ।

 
संयोग नै हो, प्रचण्ड प्रधानमन्त्री हुने बेला बाढी पहिरोले जाने गरेको छ । यसो त महाभूकम्पले देशको केन्द्रीय भाग थला परेको अवस्था छ । यसलाई अवसर मानेर प्राकृतिक विपद व्यवस्थापनका लागि नेपालको राज्य पुनर्संरचना गर्दा अहिले प्रस्तावित ६३५ गाउापालिकालाई भोलिको नगरपालिका बनाउने सोच बनेकै हो भने पुन: ६३५ घनावस्तीको छनौट गरी ६३५ वटा शहरको नेपालको परिकल्पना गर्न आवश्यक छ । यही आवश्यकतालाई प्रकृतिले पनि प्रचण्डलाई बोध गराउन खोीजरहेको देखिन्छ । सुगौली सन्धिको जगमा भएको वि.संं २००७ सालयताका असमान सन्धि/सम्झौतालाई पुनरावलोकन तथा समयानुकूल बनाई नेपालको शीर सगरमाथाझै उाचो बनाउन सक्नु पर्दछ । यस परिप्ेरक्ष्यमा देशभित्र सबैलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गराई असमान भूमि नीति हटाउन भूमिको राष्ट्रियकरण गर्न सके अर्को इतिहास निर्माण गर्न सकिन्थ्यो ।

 
इतिहासका तिथिमितिबाहेक अरु सबै कुरा पक्षधरतामा आधारित भई स–विस्तार गरिएको हुन्छ । तर समकालीन परिवेशमा देशले निकास खोजेको सबैलाई महसुस भएको छ । शान्तिकालको एक दशक कवि भूपि शेरचनको शब्दमा ‘मरेर जानेहरू, बााचेर त हेर, बााच्न कति गाह्रो छ ?’ भन्ने स्थिति रहेको छ । देश युवाविहिन हुन थालेको छ । गाउाहरू सुनसान हुादै गएका छन् । बुढाबुढी, महिला र केटाकेटी मात्र गाउामा देखिने भएका छन् । यो स्थितिमा देशले खोजेको निकास के हो भन्ने कुरा बोध हुन्छ । निकास खोज्ने क्रममा कतिपयले पुन: राजाको खोजी गर्न थालेको पाइन्छ । कतिपयले सेना सक्रिय भइदिए हुने भनेको पनि पाइन्छ । कतिपयले जंगबहादुर र बुद्धको कल्पना गरेको देखिन्छ । जेहोस् सबैको परिकल्पनामा देशले निकास चाहेको छ । जनताले त्यस्तो अभिभावकको खोजी गरेका छन्, जसले सामाजिक न्यायको सिद्धान्तमा आधारित भई देशलाई हााकोस् ।

 
हिजोको क्रान्ति नायक समाजमा आलोचित भएको देख्दा यो पंक्तिकारले पनि खरो आलोचना गर्दै आएको थियो । नेपालको एक अध्ययनले के देखायो भने भिन्न विचार र परिवेशका बीचमा पनि सबैले पत्याएका र पत्याउन सकिने व्यक्तित्व प्रचण्ड नै हो । उनले देश, जनताको हितमा उभिएर, आफ्ना अनुभवका आधारमा हिम्मत गर्ने हो भने देशमा देखिएका चुनौतीहरू समाधान गर्न सक्छन् । यसका लागि उनले आफ्नो छवि बनाउन हिंडिरहनु पर्दैन, बरु बोलीको ठेगान हुनपर्छ । देश र जनताको समस्या बुझ्ने र त्यसलाई बदल्ने सोच भएकाहरूको टिमवर्क गर्न सक्नु पर्दछ । उनले आफ्नो पार्टीका नेता कार्यकर्तालाई गाउा पस्दा सहिद, बेपत्ता परिवार, अपाङ्ग र घाइते कमरेडहरूबाट भेटघाट थाल्न निर्देशन दिएझैं यस अवसरलाई जनयुद्धमा जागिर पाएसरह सहभागी भएकाहरूलाई देश विकासका लागि काममा लगाउने हो भने नेपाललाई विकास आन्दोलनमा सहभागी गराउन सक्नेछन् । के हिम्मतका साथ यो चुनौती सामना गर्न र गराउन प्रचण्ड तयार छन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here