एजेन्सी / धर्तीमा अनेक रहस्यमयी ठाउँहरू छन् । त्यस्तै रहस्यमय ठाउँमध्ये एक हो –भारतको झारखण्डको कुण्ड । यसको रहस्य अहिलेसम्म वैज्ञानिकहरुले पनि खुट्याउन सकेका छैनन् ।
यो कुण्डको रहस्यमय विशेषता हो, जब कसैले यो कुण्डको छेउँमा गएर ताली बजाउँछ तब यसको पानी आफैमाथि आउँछ । साथै यो कुण्डमा चिसोमा तातो र तातोमा चिसो पानी निस्कन्छ । यहाँ नुहाउनाले छालाको रोग हट्ने विश्वास समेत गरिन्छ ।
यो कुण्डमा आएर मागेका वरदान प्राप्त हुने विश्वास पनि गरिन्छ । यो कुण्डको नाम दलाही कुण्ड राखिएको छ । निकै सफा यो कुण्डबाट निस्किएको पानी गंगा नदीमा गएर मिसिन्छ ।


















