भ्रष्टचारीलाई ‘रेड कार्ड’ देखाउन गएका विवेकशीलका ११ कार्यकर्ता पक्राउ

200

काठमाडाैं / बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा विवेकशीलका दर्शनासहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेको दलका उपाध्यक्ष अजीता राईले जानकारी दिइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले वालुवाटारको जग्गा प्रकरणमा संलग्न रहेकाहरुलाई मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएकोले अदुअआको ध्यानाकर्षण गराउन बालुवाटार पुगेका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको उपाध्यक्ष राईले जनाइन् ।

← Back

Thank you for your response. ✨

उपाध्यक्ष राईले एक प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग समेत गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here