निषेधाज्ञामा यसरी बिताउनुुहाेस् दिन !

120

अहिले काेराेना महामारीकाे कारण सबै निरास बनेकाे छ ।  सँधै आफ्नो शैलीले दिन काट्दै आएका हामीहरुलाई अचानक आएको कोरोना महामारीले घरमै सिमित हुने अवस्था सिर्जना गरिदिएको छ । जसले गर्दा हामीले आफ्नो प्रकारको जीवनशैलीले दिनहरु बिताउन पाएका छैनौं । सँधै विद्यालय जाने बालबालिकाहरु घरमै सिमित भएका छन् । उनिहरुलाई समुहमा खेल्नको लागि बाहिर पठाउने वातावरण समेत बनेकाे छैन् ।  पेशा तथा व्यवसाय गर्दा सँधै समयको अभाव हुने हामीहरुलाई समय प्रयाप्त भएको छ, तर समय प्रयाप्त भयो भनेर कतै घुम्न जाने अवस्था पनि छैन् । महामारी दिनहुँ बढिरहेको छ, यस्तै अवस्था रहिरहे निषेधआज्ञाको समय पनि लम्बिदै जान पनि सक्छ । त्यसैले हामीले आफ्नो घरभित्र रहने समयलाई रमाइलो र उत्पादनमुलक कसरी बनाउन सकिन्छ यसबारेमा खोजी गरौं ।

सकरात्मक,  परिवर्तनकामी फिल्महरु
हामीले देखिरहेका छौं संसारमा विकासको क्रमसँगै मानिसहरुको व्यस्तता र जीवनशैली बद्लीरहेको छ । मानिसका विचार, भावना तथा प्रस्तुती शैलीहरु बद्लिरहेका छन् । क्रमशः मानिसहरुको जिवन नितान्त भौतिकवादी र निजी बन्दै गइरहेको छ । विज्ञान प्रविधिको विकाससँगै मानिसहरु प्रविधिमैत्री बन्दै जाने विषय राम्रो हो । तर पुँजीबादको विकाससँगै महंगो बन्दै गइरहेको जिवनमा छिटो सफलता प्राप्त गर्नुपर्ने चुनौतिको कारणले निराश हुने मानिसको संख्या पनि उत्तिकै थपिएको छ । त्यसैले सिर्जनशिल र खुसी बनेर बाँच्न सक्नु आजको विश्वमा हामी सबैको चुनौतिको विषय हो ।
निषेधआज्ञाको यो समयलाई हामीले सिकाई र नयाँ सोंच विकासको समय बनाउन सक्छौं । जसले अभिभावक र सन्तान सबैलाई सकरात्मक चेतना प्रवाह गर्न सक्छ । परिवारले सामुहिक रुपमा अहिलेको सर्वशुलभ इन्टरनेटलाई प्रयोग गरेर सृजनशिल र खुसी हुनसक्ने जिवन र परिवार बनाउन सहयोग गर्न सक्छ ।

थ्री इडियट्स
थ्री इडियट्स सन् २००९ मा बनेको हिन्दी फिल्म हो । यो फिल्मको निर्देशन राजकुमार हिरानीले गरेका छन् । मुख्य कलाकारको रुपमा आमिर खान, करिना कपुर, आर माधवन, श्रवण जोशी लगाएत रहेको यो फिल्मले सिर्जनात्मकता र हास्यब्यंग्यलाई बोकेको छ । आफ्ना सन्तानहरुको क्षमता र रुचीको विषयलाई अभिभावकहरुले कसरी बुझ्नुपर्छ भन्ने विषय यो फिल्ममा राम्रोसँग देखाइएको छ । वास्तवमा विद्यालय विश्वविद्यालयले कस्तो शिक्षा विद्यार्थिलाई कुन विधि प्रयोग गरेर दिनुपर्दछ भन्ने कुरा पनि यो फिल्ममा देखाइएको छ । त्यस्तै यो फिल्ममा एउटा विद्यार्थिले आफ्नो क्षमता र रुचिको पहिचान गरेर अध्ययनलाई अगाडि बढाउने विषयलाई अत्यन्तै महत्वकासाथ औंल्याइएको छ । थ्री इडियट्स परिवारका सबै सदस्य एकसाथ बसेर हेर्न मिल्ने एउटा सदाबहार शिक्षाप्रद फिल्म भएकाले निषेधआज्ञाको समयमा यसलाई सबै परिवारले एकपटक फेरि हेरेर पारिवारिक समिक्षा गर्न सकिन्छ । यसले परिवारलाई रमाइलो बनाउनुका साथै नयाँ सोंचमा अगाडि बढ्न सहयोग गर्नसक्छ ।

पिके
सन् २०१४ मा बनेको राजकुमार हिरानी र अभिजित जोशीद्वारा लेखिएको फिल्म हो पिके । यो फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका छन् । फिल्म व्यंग्यात्मक यर्थाथवादमा आधारित रहेको छ । आमिर खान, अनुस्का शर्मा, शुसान्त सिंह राजपुत लगाएतका मुख्य कलाकारहरुले यो फिल्ममा अभिनय गरेका छन् ।
वर्तमान समाज विज्ञान, प्रविधि र खोजमा आधारित भएर विकास भइरहेको छ । तर समाजमा विभिन्न धर्ममा विभक्त गरेर मानिसहरुलाई रुढीबादमा बस बनाइरहने प्रयत्न पनि एउटा समुहले गरिरहेको छ । जसका कारण समाजमा मानिस मानिस वीचमा जन्मदेखिनै धार्मिक कित्ताबन्दी गरिने र रुढीबादी सोंचको विकास गराउने प्रवृत्ति रहेको छ । यो फिल्मले इश्वरको अस्तित्वमाथि बैज्ञानिक प्रश्नहरु तेर्स्याएको छ । धार्मिक रुढीबादी व्यवहार र प्रविृत्तिको व्यंग्यात्मक शैलीमा विरोध गरेको छ । यो फिल्मबाट दुनियाँलाई सहि ढंगले बुझ्नको लागि हरेक मानिसलाई जिज्ञासाहरु मिल्न सक्छ । यो एउटा अति गहनतम सामाजिक प्रश्नहरुको सिर्जना गर्ने सदावहार फिल्म भएकाले निषेधआज्ञाको समयमा परिवारका सबै सदस्य बसेर एकपटक हेर्न सकिन्छ ।

तारे जमिन पर
सन् २००७ मा आमिर खान द्वारा निर्देशित तथा उत्पादित फिल्म हो तारे जमिन पर । यो फिल्ममा मुख्य कलाकारको रुपमा आमिर खान र दर्शिल सफारी रहेका छन् । फिल्ममा मुख्य पात्रको भुमिकामा बाल कलाकार दर्शिल सफारी रहेका छन् । कलाकार सफारीमा औसत बालबालिकाको भन्दा फरक गुण र क्षमता रहेको हन्छ । कलाकार सफारीलाई औसत विद्यार्थिलाई जस्तै पढ्न लेख्न रुची हँदैन् । सानैदेखि चित्र बनाउने कुरामा उनको विशेष रुचि हुन्छ । तर अभिभावकले उनको रुचि र क्षमतालाई नबुझिकन जर्बजस्ति बिद्यालयमा पढाउने प्रयत्न गर्दछन र त्यस विषयमा असफलता प्राप्त गर्दछन् । एउटा शिक्षकको भुमिकामा अभिनय गरेका आमिर संग सफारीको भेट हुन्छ । आमिरले सफारीको क्षमता र रुचीलाई पहिचान गर्न सक्षम हुन्छन् । यो फिल्मले अभिभावक र शिक्षकलाई बालबालिकाको रुचि पहिचान गरेर सोहि अनुरुपको शिक्षादिक्षा अगाडि बढाउनुपर्ने कुरामा गहनतम शिक्षा दिएको छ ।

अवतार
सन् २००९ मा बनेको अमेरिकी फिल्म अवतार काल्पनिक विज्ञानमा आधारित फिल्म हो । जेम्स क्याम्रुन द्वारा लेखन तथा निर्देशन भएको सो फिल्मले अवतार चलचित्रमा सैम वर्थिङटन, जोय सल्डन, स्टेफल लङ, माइकल रोड्रिगज, जोयल डेभिम मुर्रे, ग्लोभिन रिब्सी र सिगर्नी विभर आदिको मूख्य भूमिका रहेको छ । २२औं शताब्दिको मध्यतिरको समयलाई कल्पना गरेर यो चलचित्र तयार गरिएको छ । यस चलचित्रको कथामा मानिसहरु ‘उनोब्टनियम’ नामको बहुमुल्य खनिज उत्खलन गर्नको लागि ‘पान्डोरा’ ग्रहमा जाने प्रयासलाई देखाइएको छ । पान्डोरामा ‘नाभी’ आदिबासीहरूको बसोबास हुन्छ । खनिज खोज्न जाने मानिसहरूलाई त्यहाँका नाभी आदिबासीबाट खतरा भएको हुन्छ । जेनेटिकल इञ्जिनियरिङद्वारा तयार एक नाभिको शरिरलाई पृथ्वीमा रहेको अर्को मानिसको मष्तिस्कले नियन्त्रण गर्ने गरिन्छ । यसरी पान्डोरामा रहेको आदिवासीहरु सँग घुलमिल हुनको लागि उनीहरूकै स्वरुप ९अवतार० मा नाभिको विकास गर्नुसँग नै यस चलचित्रको शिर्षक जोडिएको छ । यस फिल्मबाट हामीले मानिसको आगामी पुस्तामा हुनसक्ने बैज्ञानिक विकासको अनुमान गरेर सिर्जनात्मक सोंच बढाउन सक्छौं ।

अध्ययन मुलक पुस्तकहरु
मानिस संधै वर्तमानमा उभिन्छ, तर उसँग सँधै इतिहास र भविष्य जोडिइरहेको हुन्छ । मानिस पृथ्वीको सर्वोच्च प्राणी हुनुको नाताले प्रकृति, विज्ञान, समाज, राजनीति र इतिहासका विषयलाई बुझ्नु उसको दायित्व हो । कतिपय उपभोगवादी मानिसहरुले यसलाई कर्तव्यको रुपमा ग्रहण नगर्न सक्छन् । तर हामीले देखेका छौं दुनियाँ बुझ्न नचाहने व्याक्तिहरु समाज, विश्व र प्रकृति प्रतिको दायित्व र कर्तव्यबोधबाट टाढा रहेका देखिन्छन् । त्यसैले फुर्सदको समयमा घरमा बसेको बेलामा मानिस, समाज, राष्ट्र, विश्व, राजनीति, प्रकृतिको बारेमा पढ्नु र ज्ञान हासिल गर्नु राम्रो हुन्छ ।
विशेषगरेर अभिभावकहरुले आफ्ना सन्तानहरुलाई माथि उल्लेखित सम्बन्धित विषयहरुमा पढ्न प्रोत्साहन गर्नुले भविष्यमा सन्तानहरुले परिवार र समाजप्रति दायित्वबोध गर्ने सम्भावना रहन्छ । पठन संस्कृतिले मानिसलाई पुर्ण मानिस हुन सहयोग पुर्याउने भएकाले निषेधआज्ञाको समयलाई पढ्ने कुरामा उपयोग गर्न सकियो भने भविष्यमा उत्तम जिवनको लागि मार्ग प्रसस्त गर्न सहयोग पुर्याउँछ ।

हाम्रो मुलुक नेपाल बुझ्नका लागि पढ्नुपर्ने पुस्तकहरु
नेपाली इतिहास, समाज, परम्परा तथा संस्कृति सम्बन्धि धेरै पुस्तकहरु लेखिएका छैनन् । लेखिएका पुस्तकहरु पनि विभिन्न स्वार्थका आधारमा लेखिने गरेको आरोप लाग्ने गरेको छ । सबै कोणबाट नेपाल बुझ्नको लागि प्रयाप्त नभएतापनि तल उल्लेखित पुस्तकरुले नेपाल बुझ्नको लागि सहयोग पुर्याउन सहयोग गर्न सक्छन् ।
१० त्यस बखतको नेपाल( सरदार भीमबहादुर पाण्डे
२० यिनलाई मैलेजस्तो देखें ९भीमसेन थापा०( बाबुराम आचार्य
३० अब त्यस्तो कहिल्यै नहोस्( बाबुराम आचार्य
४० जंगबहादुरको बेलायत यात्रा
५० जनरल भीमसेन थापा( चित्तरञ्जन नेपाली
६० सबै जातको फूलबारी( डोरबहादुर बिष्ट
७० हाम्रो समाज एक अध्ययन( जनकलाल शर्मा
८० असहमति( सौरभ
९० मैले देखेको नेपाल( हर्क गुरुङ
१०० राजा, राष्ट्रियता र राजनीति( गणेशराज शर्मा
११० बदलिँदो नेपाली समाज( चैतन्य मिश्र
१२) हिमाली दर्शन–मोहन वैद्य किरण

 

महिलाहरुले पढ्न उपयोगी पुस्तक
अध्ययनको क्षेत्रमा महिला र पुरुषले अध्ययन गर्ने भनेर लेखकिय दृष्टिकोण निर्धारण गरेर पुस्तक लेखिएको हुँदैन । तरपनि लैंगिक दृष्टिकोणले पनि क्षमताको अनुसरण गर्नुपर्ने, जान्नुपर्ने र शिक्षाप्रद हुनसक्ने कतिपय भिन्न पुस्तकहरु हुन्छन् । महिलाहरुले जान्नुपर्ने, महिलालाई भित्रबाटै स्वाभिमानको खोजका लागि उद्देलित गर्ने अथवा महिला आन्दोलनका विषयमा इतिहास समेटिएका कतिपय पुस्तकहरु महिलाहरुले पढ्दा विशेष ज्ञानवर्धक हुनसक्छ ।
१) योगमाया निलम–कार्की निहारिका
२) चिरहरण निलम–कार्की निहारिका
३) शिरिषको फुल–पारिजात
४) खलंगामा हमला–राधा पौडेल
५) फुलको आँखामा–आनी छोइङ डोल्मा
६) लेखककी स्वास्नी–प्रगति राई
७) सेतो धरती अमर–न्यौपाने
८) तुइन–सुरेश प्राञ्जली
९) राधा–कृष्ण धरावासी
१०) क्यासल रककी अप्सरा–सुन्दर जोशी
११) उनी–अश्विनी कोइराला
१२) गौरी–माधव घिमिरे
१३) स्वअस्तित्वको खोज–अर्चना थापा
१४) रुपान्तरणमा महिला–अस्मिता प्रकाशन गृह
१५) मेरा जीवनका पाना–गौरा प्रसाईं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here