पशुपतिमा जलहरी पुनर्स्थापित

97

काठमाडौं । पशुपतिनाथको मन्दिरमा राखिएको १०७ किलोभन्दा बढी तौलको सुनको जलहरीमा कुँदिएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाकै नाम मेटिएको छ।

आइतबार दिउँसो निकालिएको जलहरीमा कुँदिएको १३ जनाकै नाम मेटेर चार दिनपछि बुधबार बेलुकी जलहरी पुन: स्थापित गर्न लागिएको स्रोतले जानकारी दिएको छ।

जलहरी फेरि राख्न चाहिने लाहा र कालिगढ भारतबाट ल्याएपछि बुधबार बेलुकी पुन: जलहरी राख्न लागिएको हो।

जलहरीमा तत्कालीन राष्ट्पति भण्डारी, तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन संस्कृतिमन्त्री भानुभक्त ढकाल, संस्कृतिसचिव यादव कोइराला, पशुपतिका मूल भट्ट, अन्य तीन भट्ट, दुई जना मुख्य भण्डारी, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष मिलन थापाको नाम कुँदिएको थियो।

‘कुँदिएको नाम मेटेर जलहरीको केही कुच्चिएको भाग फेरि मिलाएर अहिले बेलुकी फेरि मन्दिरमा जलहरी पुनर्स्थापित गर्न लागिएको हो,’ पशुपतिको एउटा स्रोतले भन्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here