लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त भनाई नै छ । हालै गरिएको एक सर्वेक्षणले विवाहित जोडीहरुबीच झगडाले सम्वन्धलाई अझै कसिलो र मायालु बनाउने देखाएको छ ।
उक्त सर्वेक्षणमा सहभागी ४४ प्रतिशत विवाहित जोडिहरुले सातामा एक-पटकभन्दा बढी झगडा गर्ने गरेका थिए । यस्तो झगडाले सम्वन्धमा कुनै दिर्घकालिन असर परेको देखिएन । कहिलेकाँही झगडा गर्ने जोडीहरु स-साना भ्रमका बाबजुद पनि लामो समयसम्म सँगै बस्छन् ।
किनभने उनीहरुलाई आफ्नो माया चोखो र पवित्र छ भन्ने थाहा हुन्छ । आफ्नो सम्बन्धलाई दिगो र रमाइलो बनाउने हो भने मनमा तुष पालेर बस्नु हुँदैन । मनको कुरा आफ्नो जोडीसँग पोखिहाल्नुपर्छ । यदि तपाईं आफ्नो पार्टनरसँग खुल्ला दिमागले राम्रोसँग बोल्न सक्नुभयो भने सम्बन्धमा प्रगाढता आँउछ ।कहिलेकाहीँ हुने स-साना झगडापछि तपाईंलाई आफ्नो गल्तीको महसुस हुन्छ र यसले तपाईं आफ्नो प्रेमलाई अर्को तहमा पुर्याउन चाहनुहुन्छ भन्ने देखाउँछ ।


















