इन्भेष्टमेन्ट बैंकले ६ महिनामा १ अर्ब ६६ करोड रुपैयाँ नाफा ग¥यो

101

काठमाडौं  / नेपाल इन्भेष्टमेन्ट बैंकले पहिलो ६ महिनामा एक अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ। बैंकको खराब कर्जा बढेका कारण नाफा १५.६६ प्रतिशतले घटेको छ।

बैंकको खुद ब्याज आम्दानी पनि साढे ७ प्रतिशतले घटेको छ। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढेका कारण खुद ब्याज आम्दानी घटेको हो।

पछिल्लो तीन महिनामा बैंकको निक्षेप १ अर्ब ३३ करोडले घट्दा ऋण भने २ अर्ब ५६ करोड रुपैयाँले बढेको छ। बैंक असार मसान्तदेखि पुस मसान्तसम्म ऋण विस्तार ९ अर्ब ६० करोड रुपैयाँले बढेको छ। निक्षेप भने बढ्न सकेको छैन।

बैंकसँग अहिले कुल निक्षेप एक खर्ब ४९ अर्ब रुपैयाँ छ भने ऋण एक खर्ब ३२ अर्ब रुपैयाँ छ। बैंकको खराब ऋण २.०४ प्रतिशतबाट बढेर २.९ प्रतिशतमा उक्लिएको छ। आधार दर घटाउँदै बैंकले ८.९६ बाट ८.५३ प्रतिशतमा झारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here