डा. जुनु बासुकला रञ्जितकारसहित दुई प्रतिभा पुरस्कृत र तीन स्रष्टा सम्मानित

395

भक्तपुर / भक्तपुर साहित्यिक समाजले आफ्नो २१ औँ स्थापना दिवसका अवसरमा ३ स्रष्टालाई सम्मान साथै २ प्रतिभालाई पुरस्कृत गरेको छ । सम्मानित हुनेमा गायक रत्न बेहोसी, महाकवि चन्द्र प्रसाद न्यौपाने र सांस्कृतिक लेखक विनोद राज शर्मा हुनुहु्न्छ । यसैगरी प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनेमा डा. जुनु बासुकला रञ्जितकार र साहित्यकार अनिश शाक्य छन् ।

शनिबार भक्तपुरमा आयोजिक कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वर बाबु ग्वंगःको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरस्कृत प्रतिभाहरुलाई ५ हजार ५ सय ५५ रुपियाँ सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here