एनआईसी एशियाका ग्राहकलाई भ्यालेन्टाइनको विशेष अफर

176

काठमाडौं /  एनआईसी एशिया बैंकका ग्राहकलाई बैंकले सोल्टी होटलमा निःशुल्क डिनरको व्यवस्था गरेको छ । बैंकको मोबाईल एपबाट कारोबार गर्ने २० जना ग्राहकले प्रेमजोडीका साथमा सोल्टीमा विशेष डिनर गर्न पाउने छन् ।

बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत कारोबार गर्ने ग्राहकलाई सोल्टी क्राउन प्लाजामा उक्त व्यवस्था हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार एप मार्फत कुनै पनि भुक्तानी सेवामा जतिसुकै रकमको कारोबार गर्ने २० जना ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ ।

‘भ्यालेन्टाइन डे’को अवसरमा बैंकले ल्याएको यो योजना ११ देखि १३ फेब्रुअरीसम्म अर्थात माघ २८, २९ र ३० गते लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here