सेनाको गाडी दुर्घटना हुँदा एककाे घटना स्थलमै ज्यान गयाे

210

दाङ / नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परी एक जनाको घटनास्थलमै ज्यान गएको छ। गाडीमा सात जना सवार थिए। सवारमध्ये मध्ये चार जनाको उद्दार गरी दाङ पठाइएको छ भने तीन जनाको उद्दार गरिँदै छ। घाइतेहरुको अवस्था गम्भीर छ।

सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण ब्यारेक सल्यानको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चिपुदल गण घोराहीले जनाएको छ। त्यस्तै एक जनाको अझै उद्धार गर्न बाँकी छ। उद्धारमा समस्या भएको प्रहरीले बताएको छ।

गाडी करिब ५ सय मिटर तल खसेको छ। गाडीमा हतियार र बम भएकोले उद्दारमा जोखिम भएको छ। गाडी पुरै टुक्राटुक्रा भएको छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here