नेपाली चलचित्र फ्रान्समा प्रचार गर्दै निर्देशक विनोद पौडेल

183

काठमाडौं / निर्देशक विनोद पौडेलले फ्रान्समा नेपाल चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तब्य भएको जनाएका छन् । ‘साउथ एसियन फिल्म फेस्टिभल’मा सहभागी हुन पेरिस पुगेका उनले त्यहाँ ‘साउथ एसियन फिल्म फेस्टिभल’सँगै विभिन्न देशबाट आएका चलचित्रकर्मी सामु नेपाल चलचित्र छायांकनका लागि राम्रो गन्तब्य भएको जानकारी दिएका हुन् ।

निर्देशक पौडेलले ‘फ्ल्मििङ इन नेपाल स् द अल्टिमेट ट्राभल गाइड फर फ्ल्मि साइट’ प्रदान गरेका छन् । चलचित्र छायांकनका लागि उपयुक्त गन्तब्य समेटिएको ‘फ्ल्मििङ इन नेपाल स् द अल्टिमेट ट्राभल गाइड फर फ्ल्मि साइट’ प्रदान गरेको चलचित्र विकास बोर्ड नेपालले जनाएको छ ।

“यहाँका फिल्म स्कुलका सञ्चालक, विद्यार्थी तथा सञ्चारमाध्यमलाई नेपाल पनि चलचित्रका लागि उचित गन्तब्य हो भनेर ‘फ्ल्मििङ इन नेपाल स् द अल्टिमेट ट्राभल गाइड फर फ्ल्मि साइट’ दिइरहेको छु,” पेरिसमा रहेका निर्देशक विनोदले भने, “नेपालमा विश्वका ठूला चलचित्र सुटिङ्मा जानु भनेको नेपाल र नेपाली चलचित्रको प्रोमोसन पनि हो । इन्क्लो युनिभरसिटीले आफ्नो पुस्तकालयमा राख्यो ।”

‘साउथ एसियन फिल्म फेस्टिभल’मा विनोद निर्देशित नेपाली कथानक चलचित्र ‘बुलबुल’ले पब्लिक च्वाइस अवार्ड जितेको थियो ।

जनवरी २८ देखि फेब्रुअरी २ सम्म फ्रान्सको पेरिसमा भएको फेस्टिभलमा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक विनोद सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here