अखिल (क्रान्तिकारी) द्वारा फागुन १४ गते आम शैक्षिक हड्ताल

175

काठमाडौं – अखिल (क्रान्तिकारी) ले चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाललगायत देशैभरि सरकारद्धारा गैह्रन्यायीक रुपमा गिरप्तार गरिएका सवै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिएको जनाइएको छ ।

उक्त संगठनका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईद्वारा बिज्ञप्ती अनुसार संघर्षका कार्यक्रमहरु अन्तर्गत फागुन ४, ५ र ६ गते प्रचार प्रचार (सामाजिक संजाल, व्यानर, फोटोसहितको पोष्टर, वालिङ्ग लगायत), आगामी फागुन ७ गते ज्ञापन पत्र पेश (त्रिवि, त्रिविका आंगिक क्याम्पसहरु, प्रजिअ र अन्य शैक्षिक संस्थाहरुमा) , फागुन ८ गते कोणसभा ९सवै शैक्षिक संस्थाहरुमा) , फागुन ११ गते अन्तरक्रिया (विषयः– अखिल (क्रान्तिकारी) माथीको प्रतिवन्द र स्ववियू) , फागुन १२ गते विरोध प्रदर्शन (सवै क्याम्पसहरुमा) र त्रिवि प्रशासनमा तालावन्दी, फागुन १३ गते मशाल जुलुश र फागुन १४ गते आम शैक्षिक हड्ताल गर्ने रहेको जनाइएको छ ।

यस बिषयमा अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईद्वारा बिज्ञप्ती यस प्रकार रहेको छ – “देशमा वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना र जनताको वास्तविक अर्थको राज्य व्यवस्था, वैज्ञानिक समाजवाद स्थापनाको आन्दोलनमा अनवरत रहेको हाम्रो संगठनका केन्द्रीय अध्यक्ष क. चिरन्जीवी ढकाललाई केपी ओलीको सामाजिक दलाल सरकारले २५ औँ जनयुद्ध दिवसको काठमाडौं कार्यक्रमबाट गैह्रन्यायीक रुपमा गिरप्तार गरि अभद्र व्यवहार जस्तो झुट्टा मुद्धा लगाई राजनैतिक आस्थाको आधारमा बन्दी बनाई रहेको छ । केपी मण्डलीको यो हर्कतले उनिहरुको जनविरोधी एवं फाँसिवादी मुकुण्डो उत्रिएको छ र आफ्नो सन्नीकट अवसान रोक्न उसले हत्या, हिंसा, राज्य आतंक, धरपकड, गिरप्तारी, यातना एवं झुट्टा मुद्धाहरुको प्रयोग गरिरहेको स्पष्ट भएको छ । केपी सरकारले वाक स्वतन्त्रता र युवा विद्यार्थीहरुको शान्तिपुर्ण रुपमा शैक्षिक संस्थाहरुमा गएर पढ्न पाउने अधिकारलाई समेत कुन्ठीत गरि विद्यार्थीहरुलाई शैक्षिक संस्थाहरुमा अध्ययन गरिरहेको अवस्थामा समेत गिरप्तार गरिरहेको छ । उसलाई अवगत हुनुपर्दछ कि विद्यार्थी र युवाहरुहको अग्रगामी विचार, आन्दोलन र मागहरु एवं फाँसिवादको अन्त्यलाई लाई संसारको कुनै पनि तानाशाहको सत्ताको बन्दुक, बुट र हिरासतले रोक्न र थुन्न सकेको छैन ।

१० वर्षे महान जनयुद्धको वार्षिक उत्सवको कार्यक्रमबाट गिरप्तार गरिनु एवं हाम्रो संगठन त्रिविको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देशव्यापी अग्रसर रहेको अवस्थामा भएको अध्यक्ष कमरेडको गिरप्तारीबाट केपी सरकार र राम वहादुर गृह प्रशासन आततायी, अराजनैतिक, असहहिषुण एवं घोर फाँसिवादी रहेको विषय सर्वाङ्ग भएको छ । तसर्थ संगठनका अध्यक्ष लगायत देशैभरि दलाल फाँसिवादी सरकारद्धारा गैह्रन्यायीक रुपमा गिरप्तार गरिएका सवै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै निम्न संघर्षका कार्यक्रमहरु घोषणा गर्दछौँ ।

संघर्षका कार्यक्रमहरु

१. ०७६ फाल्गण ४, ५ र ६ गते प्रचार प्रचार ९सामाजिक संजाल, व्यानर, फोटोसहितको पोष्टर, वालिङ्ग लगायत०

२. ०७६ फाल्गुण ७ गते ज्ञापन पत्र पेश ९त्रिवि, त्रिविका आंगिक क्याम्पसहरु, प्रजिअ र अन्य शैक्षिक संस्थाहरुमा०

३. ०७६ फाल्गुण ८ गते कोणसभा (सवै शैक्षिक संस्थाहरुमा)

४. ०७६ फाल्गुण ११ गते अन्तरक्रिया (विषयः– अखिल (क्रान्तिकारी) माथीको प्रतिवन्द र स्ववियू)

५. ०७६ फाल्गुण १२ गते विरोध प्रदर्शन (सवै क्याम्पसहरुमा) र त्रिवि प्रशासनमा तालावन्दी

६. ०७६ फाल्गुण १३ गते मशाल जुलुश

७. ०७६ फाल्गुण १४ गते आम शैक्षिक हड्ताल ”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here