कोरोना विरुद्ध सबै देशहरुलाई एकजुट हुन डब्लुएचओको आह्वान

92

काठमाडौं / विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एकजुट हुन सबै देशहरुलाई आह्वान गरेको छ ।

शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले यस्तो आह्वान गरेका हुन् ।

‘हामी सबै एउटै तरिकाले लाग्नु पर्दछ, नकी एक्ला एक्लै,’ उनले जोड दिएर भने । उनले सबै देशहरुले एक अर्कालाई घृणा गर्ने र आलोचना गर्ने कार्य तत्काल बन्द गर्नुेमा पनि जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here