मोरङ – मोरङ, ग्रामथान गाउँपालिका-३ रङ्ग टोलस्थित सडकमा को.६ प ७९६९ नम्बरको मोटरसाइकलले आइतबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री ५३ वर्षीय हरिलाल माझीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी मोरङ, जहदा गाउँपालिका-५ स्थित सडकमा को.३७ प ९७४३ नम्बर र को.१२ प ६२२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा को.३७ प ९७४३ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय बीरेन्द्र मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । को.१२ प ६२२ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै मोरङ, विराटनगर महानरपालिका-३ स्थित सडकमा को.३७ प ९५७२ नम्बरको Nमोटरसाइकलले आइतबार बिहान ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका पैदलयात्री करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ती पुरुषको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका-१ मधेली बस्ने २८ वर्षीय दिपेन्द्र चौधरीलाई उपचारका लागि बिराट मेडिकल कलेज टंकीतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।