रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

85

बुटवल – टिपरले मोटरसाइलकलाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ।

लुम्बिनी हुकाली सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ वनकसीयामा मंगलबार दिउँसो भैरहवाबाट लुम्बिनी जाँदै गरेको लु १ ख ३३ १४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु २ प १८७९ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नम्बर २ भिलरहवा बस्ने ६० वर्षीय रमेश लोभ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here