पूर्वसांसद ज्ञवालीको अशामयिक निधन

59

काठमाडौ – नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्वसांसद भागवत ज्ञवालीको अशामयिक निधन भएको छ ।

ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा उहाँका निधन भएको हो । ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित हुनुहुन्थ्यो र दिल्लीको उपचारपछि फेरि ललितपुरको अल्का अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो ।

विसं २००१ कात्तिक १ गते जन्मनुभएका विसं २०४८ को आम चुनावमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । ज्ञवालीले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।

उहाँको निधनप्रति नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ’नेपाली काङ्ग्रेस गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद, गुल्मीका निष्ठावान् अग्रज नेता भागवत ज्ञवालीको निधनको समाचारले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ । स्वर्गीय ज्ञवालीले नेपालको प्रजातान्त्रिकरलोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली काङ्ग्रेसको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here