खोरेत रोगकाे नमुना संकलन गरी काठमाडौं पठाइयो

602

दार्चुला – नौगाड गाउँपालिकाका अध्यक्ष  प्रेम सिंह धामीको विशेष पहलमा नौगाड गा.पा.वडा न.६ स्थिर पशुहरुमा देखिएको खोरेत रोग प्रभावित क्षेत्रमा नमुना संकलन गरी  पशु चिकित्सालय काठमाडौं  पठाइएको छ ।

पशु चौपायाहरुमा देखिएको खोरेत रोग तथा सिमाबिहिन पशुरोग अन्वेषण प्रयोगशाला काठमाडौबाट डा।चित्र बस्नेत र पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला धनगढी बाट दिलिप शाहको  टोलिले नौगाडको वार्ड ६ मा देखिएको खोरेत रोगलाई अन्य क्षेत्रमा फैलिन नदिनको लागि निरोगी पशु चौपायालाई  रिङ्ग भ्याक्सिनेसन समेत लगाइ गरिरहेका रमेश ठगुन्नाले जनाउनु भयो ।

भेटनिनरी अस्पताल बैतडी पाटनबाट र काठमाडौंबाट आएको विशेषज्ञहरुको टोलिले खोरेत भ्याक्सिन पशु चौपाया लगाउने काम  कार्य भैरहेको रमेश ठगुन्नाले जानकारी गराउनु भयो । ‘हामी रातदिन अहिले खोरेत रोगलाइ कसरी अन्य पशुलाइ सर्नबाट जोगाउने भनेर हाम्रो गा पाका र काठमाडौं बाट आउनु भएका डा. चित्र बस्नेतको टोली गाउँ गाउँ मै पशुचौपाया लाई चेकजाँच गरिरहेको छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here