एनजीओहरूकोे वास्तविकता

117

–हुकुमबहादुर सिंह

आन्तरिक रूपले हुनेखाने, चल्तापूर्जा, धनी पढेलेखेका(इलाइटवादीहरू), वाह्यरूपले छुद्र, सही मानेमा एनजीओहरू परिभाषित गरिएझै “गैरसरकारी सङ्गठनहरू” नै होइनन् । यिनीहले त स्थानीय सरकारहरूको निजी सवकन्टयाक्टरका रूपमा काम गर्दछन् र अथवा कर्पोरेटहरूद्वारा आर्थिक लगानीमा निजी प्रतिष्ठानहरूद्वारा राज्यसित नजिकको सम्वन्ध कायम गर्दै तिनीहरूले विदेशी सरकारहरूबाट आर्थिक सहयोग प्राप्त गर्दछन् । लगातार रूपले तिनीहरूले देशभित्र र बाहिरका सरकारी एजेन्सीहरूसित खुलारूपले साझेदारीका रूपमा रहेर काम गर्दछन् । तिनीहरूका कार्यक्रमहरू स्थानीय जनताप्रति जिम्मेवार हुँदैनन् तर विदेशी दाताहरूको  मापदण्ड र चाहनाअनुसार एनजीओहरुले काम गर्दछन्, उनीहरुप्रति जिम्मेवार हुन्छन् ।

एनजीओ कर्मचारीहरू स्वयम् नियुक्तिवाला हुन्छन् र उनीहरूको प्रमुख काम प्रस्तावनाहरू (प्रपोजल्स)को डिजाइन गर्नु हो, जसले आर्थिक स्रोतलाई सुनिश्चित गर्दछ । घेरै अवस्थाहरूमा, यो आवश्यक छ कि एनजीओ नेताहरूले सवालहरूको पहिचान गर्दछन् जसले दाताहरूको आर्थिक सहयोगको चाहनालाई र त्यहीअनुसार प्रस्तावनाहरूलाई पुनर्आकार दिनु हो । यसरी सन् १९८० तिर एनजीओहरु आर्थिक स्रोतहरू अध्यन गर्न र शासकीय र लोकतान्त्रिक संक्रमणहरूमा राजनीतिक प्रस्तावहरू दिनका लागि अगाडि आए, जसले साम्राज्यवादी शक्तिहरूको चासोहरूलाई उतार्नु थियो, उतारे । जुन तानाशाहाहरूको पतनका लागि उठेका विशाल जनआन्दोलनले संघर्षलाई अझ गतीलो वनाउने र सामाजिक प्रणालीमै रूपान्तरण गर्ने खालले अगाडि बढ्नबाट रोक्नु थियो, रोके ।

 एनजीओहरू उनीहरूको लोकतान्त्रिक, तल्लो तहका जनतासितको सम्वन्ध हुँदाहुँदै उनीहरूको संरचना माथिदेखि तलतिरको छ, जसमा परियोजनाहरूको पूर्ण नियन्त्रण परियोजनाको महानिर्देशक (डाइरेक्टर)सित रहन्छ । आवश्यक कर्मचारी नियुक्ति गर्ने र  हटाउने, अन्तर्राष्ट्रिय सभा सम्मेलन आदिमा कसले भाग लिने, कसले नलिने समेत डाइरेक्टरको तजवीजमा रहन्छ । यो हाइरारकिको अतिआवश्यक चीज भनेको “तल्लो स्तरका र तहका (ग्रास रूटस)” जनता हुन्, तर उनीहरूका लागि मुस्किलैले आफ्नो एनजीओको खातामा कति पैसा आउँछ भनेर पैसा देख्न सक्छन् न त उनीहरूले विदेश तथा वाह्य भ्रमण गर्न मौका पाउँछन्, नत उनीहरूका “ग्रास रूटस” नेताहरूको तलबहरू अथवा सुबिधाहरू कति हो भनेर निकाल्न सक्छन् । सबभन्दा महत्वपूर्ण त यी सब निर्णयहरूका लागि कहिल्यै आफ्नो मत दिंदैनन् । जव डाइरेक्टरद्वारा समझदारी पत्र तयार  पारिन्छ र त्यसलाई दाताले हेरिसकेपछि एनजीओ कर्मचारीहरूले उक्त परियोजना स्वीकृतको लागि गरिबको पक्षमा काम गर्ने भन्नेहरू– “ग्रास रूटस” अभियन्ता (एक्टीभिष्टस)को वैठक बोलाउने गर्छन् ।

बहुसंख्यक अवस्थाहरूमा एनजीओहरू सदस्यतामा आधारित हुँदैनन् तर स्वःनियुक्ति प्राप्त इलाइटहरू जो लोकप्रिय आन्दोलनका लागि स्रोत व्यक्तिहरू भएको बहानामा वास्तवमा प्रतिस्पर्दा गर्ने र उनीहरूलाई होच्याउने, कम आंकलन गर्ने गर्दछन् । यो अर्थमा एनजीओहरूले लोकतन्त्रलाई अपहेलना गर्छन् । सामाजिक कार्यक्रमहरू र पब्लिक बहस तथा छलफललाई स्थानीय जनता र उनीहरूबाट निर्वाचित नेताहरूको हातबाट खोसेर आफ्नो हातमा लिएर र गैर निर्वाचित, विदेशी कर्मचारीहरू र तिनीहरूले मनोनित गरिएका स्थानीय कर्मचारीहरूमाथि निर्भर बनाउँछन् । एनजीओहरूले एउटा नयाँ अन्तराष्ट्रवादको भेषमा एक प्रकारको साँस्कृतिक र आर्थिक उपनिवेशवादलाई मलजल गरिरहेका हुन्छन् । सयौको संख्यामा मानिसहरू उच्च प्रविधियुक्त कम्प्युटरका अगाडि बसिरहेका हुन्छन् र घोषणापत्रहरू, प्रस्तावनाहरू, र अन्तर्राष्ट्रिय सम्मेलनहरूका निमन्त्रणाहरू एकआपसमा बाँडिरहेका हुन्छन् । तिनीहरू त्यसपछि एकदमै सिंगारिएका कन्फरेन्स हलहरूमा पछिल्ला संघर्षहरू र उनीहरूका “सामाजिक आधार–तलबी कर्मचारी”, जसले ब्यानरहरू र बुलेटिनहरूमार्फत प्रस्तावहरूलाई  “जनसमूहहरू”लाई दिनका लागि बैठक गर्दछन् । जब वैदेशिक दाताहरूले जान्न खोज्दछन्, तिनीहरूलाई त्यस्तो आयोजनाहरूको “एक्सपोजर भ्रमण” गराउछन् ता कि त्यहाँ उनीहरूले गरिबहरू मिलेर एकआपसमा सहयोग आदान प्रदान गरिरहेका छन् र तिनीहरूसित साना उद्योगहरू जो सफल छन् कुरा गर्दछन् । पहिलो वर्षहरूमा भएका त्यसका असफलताबारे उनीहरूले केही बोल्दैनन् । जुन तरिकाले यी काम गरिन्छ एउटा नयाँ उपनिवेशवादले काम गरिरहेको छ भन्ने थाहा पाउन केही कठिन छैन । परियोजनाहरूलाई शाही केन्द्रहरू (च्यथब िऋभलतचभक) र उनीहरूको संस्थाहरूको मार्गनिर्देशनहरू र प्राथमिकताका आधारमा डिजाइन गरिएको हुन्छ । तिनीहरूलाई त्यसपछि समुदायहरूलाई “विक्री” गरिन्छन् । म्रल्याङकनहरू शाही संस्थाहरू (च्यथब िऋभलतचभक)का लागि र तिनीहरूद्वारा गरिन्छन् । आर्थिक स्रोतको प्राथमिकता अथवा खराव मंल्याङकनहरूको परिणाम समूहहरू, समुदायहरू, किसानहरू, र सहकारीहरूको अधोमूल्यन गर्नेमा सकिन्छ । प्रत्येकलाई दाताहरूसित उनीहरूका मागहरू र उनीहरूका परियोजना मूल्यांकन आÇना कुराहरू भन्नबाट बन्देज गरिन्छन । एनजीओ निर्देशकहरू, नयाँ भाइस¥वाए (बृटिस उपनिवेशहरुमा उसको प्रतिनिधि)का रूपमा, दाताहरू र आर्थिक स्रोतहरूको उचित उपयोगसहित लक्ष्यहरू, मूल्य मान्यताहरू र सिद्धान्तहरू सुपरभाइज गर्ने सुनिश्चित गर्ने गरिन्छ । एनजीओहरूको विचारहरूसित सामाजिक राजनीतिक आन्दोलनहरूको विरूद्धमा एनजीओहरूले परियोजनाहरूलाई आन्दोलनहरूलाई भन्दा जोड दिन्छन् । उनीहरूले जनतालाई उत्पादन गर्न सिकाउँछन् न कि पुँजी र उत्पादनको आधारभूत साधनमाथि नियन्त्रण गर्न । तिनीहरूले परियोजनाको प्राविधिक आर्थिक सहयोगका पक्षमा केन्द्रित गर्दछन् न कि जनताका दैनिक जीवनलाई परिवर्तन गर्ने संरचनागत अवस्थाबारे ।

एनजीओहरूले वामपन्थको भाषा–लोकप्रिय सत्ता, सशक्तीकरण, लैंगिक समानता, दिगो विकास, तलैदेखिको नेतृत्व चयन आदिलाई टपक्क टिप्छन् । यहाँ नेर समस्या कहाँ छ भने कि यो भाषा दातृ निकायहरू र सरकारी एजेन्सीहरू बीचको सहकार्यको एउटा फ्रेमवोर्कसित जोडने काम गरिएको हुन्छ, जसले विरोध र विवाद नल्याउने (नन कन्फ्रन्टेशनल) राजनीतिलाई सहयोग पुग्ने क्रियाकलाप तर्फमा लैजान्छ । एनजीओहरूको स्थानीय स्वभावका क्रियाकलाप भनेको “सशक्तीकरण” हो, जुन कहिले पनि ठूलो(मेक्रो) अर्थतन्त्र र नवउदारवादी राज्यद्वारा प्राप्त गराइएका निश्चित स्रोतहरूसित सामाजिक जीवनको सानो क्षेत्रलाई प्रभाव पार्नेभन्दा बाहिर कहिल्य जाँदैन । एनजीओहरू र उनीहरूका प्रोफेसनल कर्मचारीले गरिब, महिला, जातीय बहिष्करणमा परेकाहरू आदिमाथि प्रभाव जमाउनका लागि सामाजिक राजनीतिक आन्दोलनहरूसित प्रत्यक्ष प्रतिस्पर्धा  गर्छन् । उनीहरूको  विचार र अभ्यासले गरिबीको स्रोतहरू र समाधानहरू (माथितिर र बाहिरतिर हेर्नको बदलामा तलतिर र भित्रतिर मोडिदिन्छ)बाट ध्यानलाई अन्तै लगिदिन्छ । विदेशी बैंकहरूद्वारा स–साना उद्योगहरूमाथि गरिने शोषणबारे बोल्नुको बदलामा, गरीबिको समाधानको रूपमा गलत मान्यताहरूमा आधारित गरिन्छन् ता कि समस्या विदेशहरूको आम्दानीको स्थानान्तरणभन्दा पनि व्यक्तिगत पहलकदमीको एउटा कारण हो । क्रमशः…

– Singhhukum683@gmail.com -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here