कीर्तिपुर नगरपालिकामा भाेलीदेखि दुईदिने निःशुल्क आँखा शिविर हुँदै

144
कीर्तिपुर – नगरपालिकाको आर्थिक सहयोगामा दुई दिने  निःशुल्क आँखा शिविर हुने भएको छ ।

फाल्गुन ११, १२ गते हुन लागेको निःशुल्क आँखा शिविर नेपाल नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र कीर्तिपुरको आयोजनामा शहरी स्वास्थ्य केन्द्र, भाजगंलमा भोलि फाल्गुन ११ बजे र आइतबार नगरपालिकाको वडा नं. ७ को आयोजनामा हुने हुनेछ भने फाल्गुन १२ गते सोमबार धोकासी पांगामा वडा नं. ८ को आयोजना हुने भएको छ ।

यस आँखा शिविर विहान १०—२ बजे सम्म हुनेछ । शिविरमा छनौट भएका मोतिबिन्दुका बिरामीहरुको आउँदो फाल्गुन १४ गते बुधबार कीर्तिपुर आँखा अस्पताल, त्रि.वि. कीर्तिपुरमा निःशुल्क शल्यक्रिया गरिने आयोजकद्धारा जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here