ईसेवा मनि ट्रान्सफरले ४ वर्ष पुरा

25

काठमाडौं । ४ बर्ष अघि, बैशाख ३०, २०२० मा नेपालकै अग्रणी फिन टेक कम्पनी–एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी– ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पुरा गरेको छ। यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ ओटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ।

डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु,१३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, साथै इसेवा वालेटबाट सहजै उपभोक्ताहरुले ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन्। कार्य संचालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै आएको रेमिट्यान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स भित्र्याउन महत्वपूर्ण योगदान पुरएकोमा नेपाल राष्ट्र बैंकबाट पनि सम्मानित भएको छ ।

चौथो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेश कोईरालाले भने, ‘कार्य संचालनको ४ वर्षमै ईसेवा मनि ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ। हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण सुभचीन्तक हरुलाई दिन चाहान्छु । डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै यो बर्ष पनि हामीले मेरो डिजिटल देश अभियान लाई निरन्तरता दिएक छौ, जस्मा एक जना भाग्यशाली विजेताले फेरी पनि काठमाडौँमा नयाँ घर जित्न सक्नुहुन्छ । सबैको पहिलो रोजाइ बनेर बैधानिक रुपमा डिजिटल माध्यमबाट कम शुल्कमा रेमिट्यान्स आयातमा सहजता ल्याई हरेक विदेशिएका नेपाली र उनीहरुको परिवारमा खुशी ल्याउनु नै आगामी दिनहरुमा हाम्रो मूल लक्ष्य रहने छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here