बैतडीमा राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरिने

101

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी फागुन १५ गते बैतडी प्रस्थान  गर्ने  भएकी छिन् ।

राष्ट्रपतिले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पूजाआजा पश्चात  दशरथचन्द नगरपालिकाले उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिले दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्रावासको उदघाटन गर्ने कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । यसका साथै पाटन नगरपालिका र सम्पूर्ण जिल्लावासीको तर्फबाट पाटनमै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको उनले जनाए ।

यसअघि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्ने कार्यक्रम छ । राससका अनुसार राष्ट्रपति भण्डारी पहिलोपटक बैतडी आउन लागेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here