काठमाडाैं – महानगरीय प्रहरी प्रभाग नागढुङगाले भन्सार राजश्व छली ल्याएका १२३ थान मोवाईल व्यवारिसे अबस्थामा फेला पारेको छ । प्रहरीले यही १४ गते दिउसो सुर्खेतबाट काठमाण्डौ आउदै गरेको ना.६ख १४७१ नम्बरको बसलाई नागढुङागामा चेकजाँच गर्दा डिक्कीमा अल्काहोल कम्पनीको १२३ थान मोवाईल बरामद गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


















