राष्ट्रिय पुनर्जागरण अभियानले स्थानीय निकायकाे अनुगमन गर्ने 

320

चितवन – राष्ट्रिय पुनर्जागरण अभियान चितवन जिल्ला शाखा नबिन गैरेकाे अध्यक्षतामा पुनर्गठन भएको छ । केन्द्रिय सदस्य नारायण दवाडीको उपस्थितिमा शाखा पुनर्गठन भएको हो । जिल्लास्तरिय भेलाले शाखा पुनर्गठन गरेकाे हाे । भेलाले  मोहन आचार्यको संयोजकत्वमा जिल्ला अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिले कर संकलन, खर्च, पारदर्शसिता लगायतका विषयमा स्थानीय निकायको अनुगमन गर्ने र सो को जानकारी जनस्तरमा लैजाने र अनियमितता वा अपव्यय विरुद्द स्थानीय संघर्ष चलाउने निर्णय गरिएको छ ।  तेत्तिस सदस्यिय सो समितिमा सुर्य बराल, कपिल अज्ञात र नबिन अधिकारी सल्लाहकार रहनु भएको छ भने समितिको सचिवमा मेघराज पौडेल र कोषाध्यक्षमा तीर्थ परियार सर्वसम्मत चयन हुनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here