एजेन्सी / चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस कतारमा पनि भेटिएको छ । इरानबाट फर्किएका ३६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको कतारका सञ्चारमाध्यमले जनाएको छ ।
कतारमा शंकास्पद २५ जनाको स्वास्थ परीक्षण गरिएको थियो । हालसम्म विश्वभरी कोरोना भाइरसबाट दुई हजार ८ सय ७३ व्यक्तिकोको मृत्यु भइसकेको छ । हालसम्म विश्वमा ८३ हजार भन्दा बढी संक्रमित रहेको जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ ।


















