यातायात चढ्दा भाडा छुट भएकाे देश

156

एजेन्सी — युरोपेली देश लब्जेमबर्गमा सार्वजनिक यातायात चढ्दा भाडा नलाग्ने भएको छ। सार्वजनिक यातायातमा भाडा छुट दिने लक्जेमबर्ग संसारकै पहिलो मूलुक बनेको छ।

सार्वजनिक रेल, बस, ट्रली चढ्दा अब त्यहाँ कसैले भाडा तिर्नुपर्ने छैन। गत शनिबार लक्जेमबर्ग सरकारले यस्तो घोषणा गरेको हो । यस घोषणाबाट मध्यमवर्गीय परिवारहरु खुशी भएका छन्।

सरकारले नयाँ योजनाले आफ्दो देशमा प्रदूषण कम हुने पनि अपेक्षा गरेको छ। यस देशमा ६ लाख जनसंख्या रहेकाे छ । तर कामका सिलसिलामा दैनिक २ लाख १४ हजार मानिसहरु सवारी साधन चढ्छन्। जर्मनी, बेल्जियम र फ्रान्सका कामदारहरु कार लिएर काममा आउँछन्। भाडा छुट भएपछि उनीहरुले लक्जेमबर्गकै यातायातमा चढ्ने र यसले प्रदूषण न्यूनीकरण हुने अपेक्षा गरिएको छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here