हेटौडा नपाकाे रातोमाटे चेकपोष्टबाट छ किलो सुन बरामद

283

काठमाडौं –  मकवानपुर प्रहरीले हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टबाट छ किलो सुन बरामद गरेको छ ।

पूर्व पश्चिम राजमार्गको रातोमाटे चेकजाँच केन्द्रमा प्रहरीको नियमित चेकजाँचको क्रममा भारतको कर्णाटकका ४२ बर्षिया अब्दुल मजिद अनेकललाई सो सुन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी टीकाबहादुर कार्कीले  जानकारी दिनुभयो ।

काठमाडौबाट बिरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक बसलाई नियमित चेकजाँच गर्ने क्रममा मंगलबार बिहान ४ः३० बजे सो सुन बरामद भएको डिएसपी कार्कीले बताउनुभयो । सो सुनको मंगलबारको बजारमूल्य ४ करोड २७ लाख बराबर रहेको छ । सुन सहित पक्राउ परेका मजिजलाई राजस्व कार्यालय पथलैयामा बुझाउने कार्कीले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here