एजेन्सी – इटालीका प्रधानमन्त्री ज्युसेपे कोन्टेले हाल एक करोड ६० लाख मानिस क्वारेन्टाइनमा रहेको जनाएका छन् । कोरोना संक्रमणबाट अति प्रभावित लोम्बार्डी क्षेत्र र अन्य १४ प्रान्तलाई अप्रिलसम्मका लागि लक्डाउन गरिएको हुँदा करिब एक करोड ६० लाख मानिसहरु अप्रिलसम्मका लागि क्वारेन्टाइनमा रहेको प्रधानमन्त्री कोन्टले जनाएका छन् ।
कोरोना तीव्ररुपमा फैलिन थालेपछि देशभका जिम्स, पुल, म्युजियम, स्की रिसोर्टहरु बन्द गरिएका छन् । देशभरका आर्थिक तथा पर्यटकीय क्षेत्रहरु पनि बन्द गरिएका छन् । विवाह र अन्तिम संस्कारका कामहरु पनि बन्द गरिएको बीबीसीले जनाएका छन् ।
युरोपको कोरोना इपिसेन्टर बनेको इटालीमा हालसम्म २३० जनाको मृत्यु भइसकेको छ भने ५० भन्दा बढीको पछिल्लो घण्टामा मृत्यु भएको बीबीसीमा उल्लेख छ । कोरोना संक्रमितको संख्या एकैदिन एक हजार २०० ले बढेर पाँच हजार ८३३ पुगेको छ ।
प्रधानमन्त्री कोन्टेले, ‘हामी हाम्रा नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्दछौं । यसरी क्वारेन्टाइनजस्ता सुरक्षित उपायहरु अपनाउँदा केही गुमाउने पर्ने हुनसक्छ । तर, स्वास्थ्यसँग अन्य कुराको सम्झौता गर्न सकिँदैन । अहले भनेको हामी आफैं जिम्मेवार हुने समय हो ।’
लोमबार्डी क्षेत्रमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ । अति आवश्यकबाहेक करिब एक करोड मानिसलाई घरबाहिर पनि निस्किन दिइएको छैन । यही प्रावधान अन्य भेनिस, पार्मा र मोडेनाजस्ता अति प्रभावित क्षेत्रसहित १४ प्रान्तमासमेत लागु हुने जनाइएको छ ।
रेस्टुरेन्ट र क्याफेहरु भने बेलुका ६ बजेदेखि ८ बजेसम्म दुई घण्टाका लागि मात्र खुल्ने र ग्राकहरुले कम्तीमा एक मिटर टाढा बस्नुपर्ने जनाइएको छ । यसैगरी घरमै क्वारेन्टाइनमा रहेकाहरुलाई बाहिर निस्किएमा तीन महिला जेल सजाय गरिने जनाइएको छ ।


















