एजेन्सी -अष्ट्रेलियामा एक नेपाली युवाले कोरोना भाइसको शंकामा परिक्षण गराएर नतिजा नआउँदै काममा गएपछि तनाव सृजना भएको छ। उनको नतिजा सकरात्मक आएपछि उनले काम गर्ने होटल र उनी पढ्ने कलेजमा अधिकारीहरुले जाँच शुरु गरेका छन्।
उनीसँग नजिक रहेका परिवार र साथीहरुलाई क्वारेन्टाईनमा राखिएको छ। उनले होटल र कलेजमा को-कोसँग भेटे भन्ने बारे पनि सोधखोज जरी रहेको अष्ट्रेलियाका मिडियाहरुले रिपोर्ट गरेका छन्।


















