१०३ वर्षका वृद्धाले ७६ वर्ष कान्छी महिलासँग विवाह

171

एजेन्सी – इन्डोनेशियामा १०३ वर्षका वृद्धाले आफूभन्दा करिब ७६ वर्ष कान्छी महिलासँग विवाह गरेर अहिले चर्चा भइरहेका छन् । १०३ वर्षका पुआंग कट्टेले २७ वर्षकी इन्डो अलंगसँग विवाह गरेका छन् । फेसबुक र ट्वीटरमा विवाहको तस्बिर अत्यधिक चर्चित भएपछि यो अरेन्ज म्यारिजविरुद्ध आवाज उठेको छ । कतिले यो विवाह वास्तविक नभएको जनाएपनि इन्डोनेशियाका समाचार एजेन्सीले यसबारे पुष्टि गरेको छ ।

स्थानीय मिडियाको रिपोर्ट अनुसार पुआंग एक डच कर्नल हुन् जसले सन् १९४५–१९४९ को युद्ध लडेका थिए ।

‘हो, यो साँचो हो । यो विवाह आज दिउँसो जालान गालिको स्ट्रिटमा भएको बेहुलीको घरमा आयोजना भएको हो,’ आयु अन्ग्रेनी मुचातार, बेहुलाका आफन्तले स्थानीय समाचार एजेन्सी लिपुतानसिक्सलाई भने । ‘मलाई उनको सही उमेर थाहा छैन तर उनी पक्कै पनि सय वर्ष माथिका हुन्, उनी डच कोलोनियल वार फाइटर हुन् । उनकी श्रीमती २० वर्षको हाराहारीमा छिन् ।’

ट्रिबन न्यूजले पछि नव विवाहित जोडीको निश्चित उमेर उल्लेख गरेको छ । ट्रिबनले कट्टे १ सय ३ वर्ष र अलंग २७ वर्ष भएको पुष्टि गरेको छ । यी दुई बीचको ७६ वर्षको उमेर भिन्नताले सबै चकित छन् । सन् २०१७ मा पनि अडिटी सेन्ट्रलले ७१ वर्षीया महिलाले १६ वर्षे किशोरसँग विवाह गरेको समाचार प्रकाशित गरेको थियो । यसका साथै इन्डोनेशियाली मिडियाले १ सय ३ वर्षका पुरुषले आफूभन्दा ६६ वर्ष कान्छी युवतीसँग विवाह गरेको समाचार प्रकाशित गरेको थियो ।

फेसबुक तथा ट्वीटरमा सार्वजनिक भएको भिडियोमा वृद्ध दुलहालाई एक व्यक्तिले डाहोर्‍याउँदै विवाह स्थलसम्म पुर्‍याएको देख्न सकिन्छ । कतिले यो विवाहमाथि प्रश्न तेर्साएका छन् । होबर्टमा रहेका उनले कोरोना भाइरसको परिक्षण र नतिजा बिचमा एकान्त ९आईसोलेसन०मा बस्नु पर्ने नियमको पालना नगर्दा तनाव सृजना भएको हो। समाचारहरुका अनुसार नेपालबाट सिंगापुर हुँदै सिड्नी पुगेका उनी फेब्रुअरी २६मा होबर्ट पुगेका थिए।

उनी होबर्टको ग्राण्ड चान्सलर होटलमा काम गर्ने गरेको र कोरोनाको शंकामा परिक्षण गराएपछि उणी आईसोलेसनमा जानु पर्नेमा काममा गएका थिए। होटलले उनीसँग उक्त दौरान सम्पर्कमा आएकाहरुसँग ुकनट्याक्टु गरिसकेको जनाइएकाे छ ।  उनको आईसोलेसनमा बस्नु पर्ने थाहा हुँदा हुँदै पनि सार्वजनिक स्थानमा जानु मान्य नहुने स्थानीय अधिकारीहरूले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here