काठमाडौं – गायक अविनास घिसिङको ‘माथिल्लो लेकमा (सेलो टन)’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ । सुवानी मोक्तान, अराज केशव र डिजे तेन्जिङको अभिनय समेट्दै गीतको भिडियो बनाइएको छ ।
भिडियो बिभोर पोखरेलले निर्देशन गरेकाे छ भने गायक स्वयम्कै शब्द तथा संगीत रहेको गीतको भिडियोमा दुई युके्रनी एक रसिया र एक इजरायल कलाकार समेत अभिनयमा देखिएका छन् ।
नेपाली सेलो टनमा आधारित रहेको गीतको भिडियोलाई अनिल के मानन्धर र मिलन शंकरले छायाँकन गरेका हुन् ।

















