पहाडी जिल्लामा आज फागुपूर्णिमा पर्व धुमधामका साथ मनाइँदै

377

काठमाडौं – देशभरका पहाडी जिल्लामा आज फागुपूर्णिमा अर्थात् होली पर्व धुमधामका साथ मनाइँदै छ । असत्यमाथि सत्यको जीत भन्ने पौराणिक सन्देश सहित फागु पर्व मनाइँदै आएको छ ।

आफन्त, साथीभाइ र परिवारमा एक अर्कालाई रङ लगाएर शुभकामना आदान–प्रदान गर्दै फागुपर्व मनाउने प्रचलन रहेको छ । रङको माध्यमबाट आपसी हार्दिकता र भ्रातृत्वको रुपमा फागुपर्व मनाउने गरिन्छ ।

एकता र भाइचाराका रूपमा मनाइने फागुपर्व देशका विभिन्न ठाउँमा विविध प्रकारका कार्यक्रम गरी मनाइँदै छ तर सरकारले भने कोरोना भाइरसका कारण भिडभाड, होहल्ला, अरुलाइ पानि छ्याप्ने जस्ता कार्य नगर्न अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here