कांग्रेसबाट आगामी राष्ट्रपतिको उम्मेदवार शेरबहादुर देउवा

29

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद राजन केसीले सरकार ढाल्न आफ्नो पार्टी नलागेको बताएका छन् । बरु विश्वासको मत दिएर प्रचण्डलाई बलियो बनाइदिएको उनको जिकिर छ ।
‘अहिले कांग्रेस सरकार ढाल्ने खेलमा लागेको छैन । हामीले किन ढाल्ने ? हामीले त बरु यो सरकारलाई बलियो बनाउन विश्वासको मत समेत दिएका छौं । प्रचण्डलाई कम्फरटेबल बनाउन खोजेका छौं । किनभने यो संसदलाई पाँचै वर्ष चलाउनुपर्ने अवस्था छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले भने ।
एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दल सरकारबाट बाहिरिए प्रचण्डको सरकारलाई कांग्रेसले साथ दिने पनि उनले बताए । केसीले भने, ‘मंसिर ४ को जनादेश ५ दलको सरकार बनाउनुपर्छ भन्ने हो । हिजो शेरबहादुर देउवालाई माओवादी र प्रचण्डलाई कांग्रेसले मत दिएर जिताएकै हुन् । विडम्बना हिजोको गठबन्धन बचाउन सकिएन । स्थिर सरकार र समृद्धिको एजेन्डामा कुठाराघात भएको छ । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलले सरकार छाडे पनि केही फरक पर्दैन । कांग्रेसले साथ दिन्छ । त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन पुनजीर्वित पनि हुन सक्छ ।’ उनले गैरसांसदले गृहमन्त्री चाहिन्छ भन्नु पद लोलुपता मात्र भएको आरोप पनि लगाए ।
कांग्रेसबाट आगामी राष्ट्रपतिको उम्मेदवार शेरबहादुर देउवा पनि हुन सक्ने औंल्याए । उनले भने, ‘नेपाली कांग्रेसमा प्रजातान्त्रिक आन्दोलनमा लामो समय त्याग, तपस्या र बलिदान गरेका थुप्रै साथीहरु हुनुहुन्छ । शेरबहादुर देउवा पनि हुन सक्नुहुन्छ । रामचन्द्र पौडेल पनि हुन सक्नुहुन्छ । जो पनि हुन सक्छ ।’ उनले राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे । उनले भने, ‘माओवादीलाई हामी मंसिर ४ को जनादेश स्मरण गराउँछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here