एजेन्सी – इङ्लिस प्रिमियर लिगअन्तर्गत बुधबार हुने भनिएको म्यान्चेस्टर सिटी र आर्सनलबीचको खेल रोकिएको छ। कोरोनाभाइरसको सुरक्षाका लागि खेल स्थगन गरिएको जनाइएको छ।
आज राति हुने म्यान्चेस्टर सिटीको मैदानमा हुने तय भएको खेल पहिलोपटक स्थगित गरेकाे हो। खेलबारे सूचना सार्वजनिक गर्दै आयोजकले ‘अरु खेलहरु स्थगन हुने छैन। सावधानी सबै खेलमा अपनाइने छ।’
इंग्ल्यान्डमा मात्रै अहिलेसम्म ३८२ रोग संक्रमित देखिएका छन्। संसारमा एक लाख २० हजार जनामा कोरोनाभाइरसको संक्रमण देखिइसकेको छ।

















