इरानमा २४ घण्टा भित्र ९५८ नयाँ कोरोनाभाइरस सङ्क्रमण

85

एजेन्सी  – इरानले गएको २४ घण्टामा ९५८ नयाँ कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको छ। यससँगै इरानमा सङ्क्रमितको सङ्ख्या ९ हजार पुगेको छ।

बुधबार इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपौरले ६३ जनाको मृत्युको पनि पुष्टि गरेका छन्। यससँगै इरानमा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या पनि ३५४ पुगेको छ। उनले सबै बिदाका योजना रद्द गर्न र घरमै बस्न आह्वान गरेका छन्। चीन र इटालीपछि कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित हुनेमा इरान रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here