बैंकिङ्ग जगतमै पहिलो पटक “एनआईसी एशिया सपोर्ट सेवा” सञ्चालनमा

81

काठमाडौं / एनआईसी एशियाद्धारा नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक “एनआईसी एशिया सपोर्ट सेवा” सञ्चालनमा ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई बढी भन्दा बढी सुविधा दिने उद्देश्य राखी उत्कृष्ट सेवा प्रदान गर्न सञ्चालनमा ल्याएको हो ।  यस सेवामार्पmत बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु एकै स्थानमा एकीकृतगरी ग्राहकवर्गको सुविधाको लागि एकै स्थानबाट गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनासमेत प्राप्त गर्न सकिनेछ ।

यस सेवाको प्रयोगबाट सेवाग्राहीले बैंकको वेबसाइटमा लगइन गरी लाईभ च्याटमार्फत् सहभागिता जनाउन तथा फिडब्याक पेजमार्फत् सुझावको साथै बैंकको सेवासम्बन्धी सूचना र नयाँ कार्यक्रमहरुबारे जानकारी लिन सकिनेछ ।

यस प्रकारको सेवा नेपाली बैंकिङ्ग जगतमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गको सुझाव तथा गुनासोलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here