प्रधानसेनापतिद्वारा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

246

काठमाडौं / नेपाल सरकारको बिहिबारको मन्त्रिपरिषद्को निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्‍नति हुनु भएका स्थपति निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी कमाल सिंह प्रधानलाई आज सोमबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

प्राविधिक उपरथी दर्जामा पदोन्‍नति हुनु भएका प्राविधिक उपरथी प्रधानलाई ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here