बाँके । खजुरा गाउँपालिका-३ पेलाडी नालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-३ बि गाउँ बस्ने १९ वर्षीय हर्षित पाडे मगर र सोही गाउँपालिका-३ खजुरा बस्ने ३६ वर्षीय याम बहादुर राना मगर रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ जाजरकोट, ११ साउन नलगार्ड नगरपालिका-३ कटके बस्ने ६५ वर्षीय धनबिर कामीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीया उर्मिला विकलाई प्रहरीले पक्राउ गरेको छ । आपसी झै-झगडा हुँदा उर्मिलाले गत शनिबार कुटपिट गर्दा धनबिर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते भएका धनबिरको नगर अस्पताल दल्ली हुँदै 3 प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















