काठमाडौं । सप्तरी, राजबिराज नगरपालिका-११ फर्सेट बस्ने ललन यादवको छोरा ४ वर्षीय डेबिट यादवको घर नजिकै रहेको पोखरीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । सुनसरी, हरिनगर गाउँपालिका-७ खान टोलस्थित मामा घर बस्ने भारत अररीया घर भएका ईद्रिस खानको छोरा ९ वर्षीय अबुजर खानको सोही ठाउँस्थित पानी जमेको खाल्डोमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















