शुक्रवार सुनकाे मुल्य घट्याे

95

काठमाडौं -साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । दसैंपछि बिहीबारबाट सुनचाँदी बजार खुलेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ मूल्य कायम गरिएको छ ।  बिहीबार तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले नै घटेको छ । ९४ हजार २ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९४ हजार कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्यमा भने स्थीर रहेको छ । चाँदी शुक्रबारका लागि पनि तोलाको ११ सय ८० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here