प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारोन्मुख

70
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको नवौँ दिन अाज  उनको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख छ । त्रिवि शिक्षण अस्पतालमा उनको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणलाई निरन्तरता दिइएको छ ।

 

उनको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको र  नियमित आहार लिइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मिर्गौलादाता प्रधानमन्त्रीकी भाञ्जी  समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसकेकी छन् ।  सङ्ग्रौलाले प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो दिदै स्वास्थ्यबारे जानकारी लिएर उनी घर फर्किएकी थिइन्  ।  उनको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा डा. उत्तम कमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।

प्रधानमन्त्रीलाई चिकित्सक र परिवारको परामर्शमा चाडै निवास फर्काइने तयारी छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ । अस्पतालका बिशेषज्ञ डाक्टरहरुले उनको स्वास्थ्यमा क्रमिक सुधारका भइरहेको जनाइएका छन् । प्रधानमन्त्रीलाई नियमित हिँडडुल, व्यायाम र खानपान गरिरहेका छन्  ।  केहि दिनपछि प्रधानमन्त्री निवास वा सचिवालयमा बसेर प्रधानमन्त्री ओलीले काम गर्न सक्नेछन् । सक्रिय रुपमा काम गर्न भने ६ महिनादेखि एक बर्षसम्म लाग्नेछ  ।

मिर्गौला प्रत्यारोपणपश्चात  प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले शुक्रबार उनलाई पहिलो पटक भेटेकी छन् ।  यसअघि बुधबार घर फर्किएकी भाञ्जी सङ्ग्रौलाले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here