ने.क.पा.द्वारा “लाल–पत्र” जारी : माफिया र कमिसनखोरलाई जनकार्वाही गर्ने

137

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले “लाल–पत्र” जारी गरेको छ । सो पार्टीको राप्ती ब्यूरोले “लाल–पत्र” जारी गर्दै माफिया र कमिसनखोरलाई जनपरिषदको केन्द्रिय निति अनुरुप जनकार्वाही गरिने जनाएको छ । पार्टीविरुद्ध लगाएको कथित प्रतिबन्ध एक वर्ष पुगेको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्यूरोले विभिन्न सरोकारवाला, संघ संस्था, आम जनसमुदाय र सरकारको प्रदेश तथा स्थानीय निकायहरुमा जानकारी एवं कार्यान्वयनको लागि उक्त लाल पत्र जारी गरेको जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्यूरो इन्चार्ज समरद्वारा जारी “लाल–पत्र”को पूरा पाठ यस प्रकार रहेको छ – “हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले नेपालको बिद्यमान संसदिय राज्य व्यवस्थाको विरुद्ध बैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापनार्थ “एकीकृत जनक्रान्ती”को नविनतम कार्यदिशाको प्रयोग सहित अघि बढिरहेको छ । नेपाली राजनैतिक आन्दोलन र संसदिय व्यवस्थाको इतिहासमा केपी नेतृत्वको समाजिक दलाल सरकार सर्वाधिक संकट र जनबिरोधी हर्कतका कारण चौतर्फी आलोचना, घृणा र तिरस्कारको सिकार बनेको छ । आफ्ना बिदेशी मालिकहरुको आशिर्वाद तथा सहयोगमा सम्पन्न गरिएको संसदिय तथा स्थानीय निर्वाचनको नौटङ्की मार्फत अगाडि आएका संसदिय तथा स्थानीय कथित जनप्रतिनिधिहरु वैदेशिक शक्ति केन्द्रका भाडाका टट्टु र आज्ञाकारी कारिन्दा बनेका छन् ।
आज देशको ब्यापार घाटा र वैदेशिक रिन निकै डरलाग्दो रूपमा बृद्धि भैरहेको छ । बेरोजगार युवाहरू विश्वका अधिकाङ्श मुलुकमा सस्तो श्रम बेच्न बाध्य पारिएका छन् । स्वास्थ्य क्षेत्रमा निजीकरण र माफियाकरणका कारण सामान्य झाडापखाला र क्षयरोगका कारण बार्षिक ८–१० हजार मानिसहरुको मृत्यु भैरहेको छ । शैक्षिक संस्थाहरु बेरोजगार युवा उत्पादन गर्ने फ्याक्ट्रीका रूपमा केन्द्रित हुन पुगेका छन् । लागुऔषध दुर्ब्यसनीले सिंगो नेपाली समाजलाई गिजोल्दै लगिरहेको छ । सामाजिक बिकृती र बिसङ्गतिले सिमा नाघिसकेको छ । महङ्गी, हत्या, हिंसा तथा वेलगाम सबैतिर वृद्धि गरिएका कर प्रणालीले जनतालाई आजित तुल्याएको छ । राज्यसत्ता अन्तर्गत सरकार सम्हाल्न पुगेका कथित केन्द्रिय तथा स्थानीय जनप्रतिनिधिहरु यो समस्याहरको समाधान गर्न त परै जाओस् बरु राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसनखोर लगायतका दर्जनौं काण्डहरुमा मुछिन पुगेका छन् । कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका हजारौं हेक्टर जमिन भारतीय साम्राज्यवादले आफ्नो देशको नक्शामा समावेश गर्दा मौसमी राष्ट्रवादको मुखुण्डोधारी केपी सरकार मुखमा पट्टि बाँधेर बसेको छ भने त्यसको विरुद्धमा आन्दोलन गर्ने देशभक्त क्रान्तिकारीहरुका विरुद्ध निर्ममतापुर्वक दमन संचालन गरिरहेको छ । राष्ट्रको करोडौ बजेट दुरुपयोग गर्दै वर्तमान प्रधानमन्त्रीले पुर्वराजा ज्ञानेन्द्र शाहीकै शैलिमा आफ्नो फोटो प्रचार गर्न जन्मदिन मनाउने तथा विभिन्न शिर्षक उप–शीर्षकहरुमा आफ्नो नेताकार्यकर्ताहरुलाई करोडौं रकम बितरण गरेका छन् । “समृद्ध नेपाल सुखी नेपाली” को कागजी नारा “कंगाल नेपाल दुखी नेपाली” को तितो सत्यको व्यवहारिक रुपमा अभिव्यक्त हुन पुगेको छ । आफुलाई कम्युनिस्ट भन्ने सरकारको नेतृत्व गरिरहेका नेताहरुको न कम्युनिस्ट चरित्र छ न त उनीहरुले संचालन गरिरहेको सरकार नै कम्युनिस्ट भन्न लायक छ । उनीहरुले आफ्ना बिदेशी प्रभुसामु आफुहरु कम्युनिस्ट नभएको, प्रजातान्त्रिक पद्धतिमा आएको, संसदिय व्यवस्था स्वीकार गरेको र नाम मात्र कम्युनिस्ट भएको लाज घिन पचाएर बयान गर्छन् भने यता जनतालाई आफुहरु कम्युनिस्ट भएको जामा भिरेर, भ्रम दिएर जनता माथी शोषण र दमन थोपार्न पुगेका छन् । उनीहरुले चौतर्फी स्याल हुइया चलाएका छन् की, देश विकासमा कायापलट भयो । समाजवाद आयो । तर तथ्य र तथ्यांकहरुले के साबित गरेका छन् कि आर्थिक वर्ष ७६–७७ को साधारण खर्च बितेका ८ महिनामा १५–२०५ मात्र खर्च भएको छ ।
आदरणीय जनसमुदाय ,
राष्ट्र र जनताका यिनै बिद्यमान विकराल समस्याको समाधानार्थ हाम्रो पार्टीले विद्यमान राज्यसत्ताका विरुद्ध संघर्षरत छ । हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण छ कि विद्यमान यी समस्याहरु संसदिय राज्य व्यवस्थाका उपज हुन् र यसको समाधान केवल बैज्ञानिक समाजवादी राज्यसत्ताद्वारा मात्र सम्भव छ । बैज्ञानिक समाजवादी राज्यसत्तामा जनताका गास, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, संचार र मनोरञ्जन ग्यारेन्टी हुनेछ । राष्ट्रघात, जनघात, भ्रष्टाचार र कमिसनतन्त्रका विरुद्ध बैज्ञानिक समाजवादी राज्यसत्ताले कठोर र निर्मम कदम चाल्ने छ । राष्ट्र एवं जनता वास्तविक शान्ति र स्वाधीनता सहित समृद्धिको पथमा लम्कने छन् । हाम्रा छिमेकी मुलुक चीन र भारत क्रमशः जापान र बेलायतका उपनिवेश बनाइए तर हाम्रो मुलुक पिता–पुर्खाहरुको विरताका कारण कसैको पनि उपनिवेश बनेन तर आज हाम्रा छिमेकी मित्र राष्ट्रहरु विकासका दृष्टिले निकै अघि बढेका छन् तर हाम्रो अवस्था नवऔपनिवेशिक रहेको छ । सामाजिक दलालका प्रतिनिधिहरु हाम्रो देश गरिव र निर्धन छ तसर्थ वैदेशिक सहयोग बिना देशको विकास असम्भव छ भनिरहेका छन् । के यो कुरा साचो हो त ? हाम्रो निष्कर्ष के छ भने देश विकासको पुर्वाधारका रुपमा रहेका जलश्रोत, वनजङ्गल, जडिबुटी, जमिन र जनशक्तिको सहि सदुपयोग गर्न सक्दा हाम्रो देश छोटो समयमा समृद्ध मुलुकमा प्रवेश गर्नेछ र विकसित राष्ट्रसङ्ग प्रतिस्पर्धा गर्नेछ । हाम्रा यिनै विचार उदेश्यहरु आम जनतामा पु¥याउन हाम्रो पार्टीले विभिन्न अभियानहरु संचालन गरिरहेको छ । हाम्रो पार्टीको सचेतनापुर्ण अभियान, पार्टीले दिनप्रतिदिन प्राप्त गर्दै गरेको लोकप्रियता र राजनैतिक उचाइ र जनप्रेमबाट आतंकित भएर अत्तालिएको केपी नेतृत्वको सामाजिक दलाल सरकारले हाम्रो पार्टी विरुद्ध थोपरेको कथित प्रतिबन्धले एक बर्ष पुरा गरेको छ । सामाजिक दलाल वर्गद्वारा नेतृत्व गरिएको सरकारले बितेका एक बर्षमा चौतर्फी आलोचना र घृणाको सामना गर्नु परेको छ । प्रतिबन्धसङ्गै उनीहरुले घोषणा गरेका थिए नेपाल कम्युनिस्ट पार्टीलाई एक महिनामा पत्तासाफ गरिनेछ नेकपालाई सहयोग गर्ने सहयोगीहरुलाई समेत कार्वाहीको दायरामा लिइनेछ, उनीहरुका जनबिरोधी हर्कतका विरुद्ध नेकपाले सामाजिक दलाल सरकार विरुद्ध प्रतिबन्धको घोषणा गर्यो । यस बिचमा उनीहरुले आफ्ना फौजी गतिविधिहरु व्यापक बनाए जस अन्तर्गत भोजपुरका कनिरकुमार राई र तिर्थराज घिमिरे तथा सर्लाहीमा कुमार पौडेललाई गोली हानी हत्या गरियो र दोहोरो भिडन्तको हल्ला चलायो । उहाँहरु क्रमशः सोलुखुम्बु सेक्रेटरी, युवा संगठन नेपालको भोजपुर जिल्ला सदस्य र सर्लाही जिल्लाको इन्चार्जको जिम्मेवारीमा रहनु भएको थियो । यसका साथै देशब्यापी रूपमा झन्डै २ हजार नेताकार्यकर्ताको गिरफ्तारीका साथै दर्जनौं अप्रेसन, अभियानहरु संचालन गरे । उनीहरुको दमनका विरुद्ध प्रतिरोध संघर्षका साथै हाम्रो पार्टीका तर्फबाट मुख्यतः राजनैतिक तथा संगठनात्मक अभियानमार्फत जनसम्वन्ध सुदृढ गर्ने अभियानहरु अगाडि बढाइयो । उक्त अभियानको दौरानमा थुप्रै योद्धाहरु आन्तरिक दुर्घटनाका कारण सहादत र घाइते बन्न पुगेका छन् । प्रतिबन्धको कथित फौजी योजनाका विरुद्ध सन्चालन गरिएका राजनैतिक तथा साहसिक प्रतिरोध अभियानहरुले हाम्रो पार्टीलाई एउटा शक्तिशाली र क्रान्तिकारी पार्टीको रूपमा स्थापित गर्न मद्दत गरेको छ ।
आदरणीय जनसमुदाय
कथित प्रतिबन्धपछि संचालन गरिएका दमन, प्रतिरोध र पुनः प्रतिबन्धका राष्ट्रिय राजनैतिक परिदृश्यमा राप्ती ब्यूरोले पनि आफुलाई आजको सापेक्षतामा संघर्षका विभिन्न मोर्चाहरुमा समाहित गर्न पुगेको छ । राप्ती क्षेत्रमा भएका विभिन्न प्रतिरोध संघर्षहरुले केन्द्रिय र स्थानीय शासकहरुको निदहराम गरेको छ । यस बिचमा राप्ती क्षेत्रमा झन्डै १५० जना नेताकार्यकर्ता गिरफ्तार गरिएका छन् । ती नेताकार्यकर्ताहरु न्यायलयको क्षेत्रबाट मुक्त भइ अधिकाङ्स पार्टीको कामकाजमा जोडिएका छन् । राप्ती क्षेत्र जनयुद्धकालको केन्द्रिय आधार इलाका हो ।जहाँको प्रत्येक गाउँ बस्ती, खोलानाला र डाडाकाडाहरु सहिदहरुको रगतले सिंचित भएको छ । आज राप्ती क्षेत्रले आफ्नै आँखा अगाडि देखिएको र भोगेको गद्दारी र प्रतिक्रान्तिलाई दुत्कार्दै पुनः एकीकृत जनक्रान्तिमा समर्पित बन्ने प्रक्रियाको थालनी गरेको छ । इतिहासका तथ्यहरुले साबित गरेको यो कुरामा हामी स्पष्ट र दृढ छौँ कि कुनै पनि राजनैतिक क्रान्तिका विरुद्ध खडा हुने शासकहरु हरेक क्रान्तिको मशालले भस्म खरानी हुने गरेका छन् । तसर्थ दलाल संसदिय व्यवस्था, सामाजिक दलालहरुद्वारा नेतृत्व गरिएको केपी नेतृत्वको सरकारलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा अघि बढाइएको एकीकृत जनक्रान्तिले इतिहासमा नामनिशान मेटिने गरि ध्वस्त पार्नेछ र नेपाल बैज्ञानिक समाजवादी मुलुकमा रुपान्तरण हुनेछ । केपी नेतृत्वको सरकारले हाम्रो पार्टीको विरुद्ध लगाएको कथित प्रतिबन्ध एक बर्ष पुगेको सन्दर्भमा सामाजिक दलाल सरकारका विरुद्ध प्रतिरोध र समाज सुधारको क्षेत्रमा आशिंक क्रान्तिको लागि राप्ती क्षेत्रमा क्रियाशिल विभिन्न सरोकारवाला संघ संस्था आम जनसमुदाय र दलाल सरकारको प्रदेश तथा स्थानीय निकायहरुमा जानकारी एवं कार्यान्वयनको लागि यो लाल पत्र जारी गरिएको छ ।
१. अरबौ कर छली गर्ने लुटेरा दुरसंचार प्रदायक कम्पनी एनसिएल का सिम कार्ड र रिचार्ड कार्ड आयत–निर्यात बिक्रि–वितरणमा प्रतिबन्ध गर्दै आम जनसमुदायमा प्रयोग नगर्न हाम्रो पार्टी विशेष अनुरोध गर्दछ ।

२. कथित लघुबित्तिय संस्था र माइक्रो फाइनान्सका नाममा जनता लुट्ने र मार्ने सम्पुर्ण संस्थाहरुलाई प्रतिबन्ध गर्दै आम किसान मजदुरलाई रिन (कर्जा)नतिर्न हार्दिक अपिलका साथै जनताको बचत रकम तुरुन्त ससम्मान फिर्ता गर्न सम्बन्धित बित्तीय संस्थालाई हाम्रो पार्टी चेतावनीमूलक निर्देशन गर्दछ ।

३. लागुऔषध दुर्व्यसनले समाजलाई दिनप्रतिदिन बिकृत विघटित र अपराधीकरण पार्दै लगिरहेकोले लागुपदार्थको प्रयोग तथा बिक्रि वितरण नगर्न रनगराउन सबैमा हाम्रो पार्टी आग्रह गर्दछ ।

४. सोझा साझा जनतालाई गरिबी, आर्थिक अभाव बेरोजगारी र अशिक्षाको फाइदा उठाउदै विभिन्न प्रलोभन तथा झुटो आश्वासन दिएर नेटवर्किङ व्यापारमा संलग्न गराइ ठग्ने गरेकोले त्यस्ता कम्पनीलाई आगामी दिनमा उक्त रवैया बन्द गरि विविध कारण सो कार्यमा लागेका दाजु भाइ तथा दिदी बहिनीलाई उक्त कार्यमा संलग्न नहुन सुसूचित गर्दै सदस्य बनाउने नाममा असुलिएको सम्पुर्ण रकम क्षतिपूर्तिसहित फिर्ता गर्न सम्बन्धित निकायलाई हाम्रो पार्टी निर्देशन गर्दछ ।

५. मजबुरिमा पारेर वा परेर चर्को ब्याजमा रिन प्रवाह गरि बेघरबार बनाउने सुदखोर, मिटर–ब्याजी, साह–महाजनलाई यस्तो कार्य नगर्नरनगराउन चेतावनी दिनुका साथै जो जस्को छिनुवा पासका नाममा लिइएका घर जग्गा धन सम्पती अविलम्ब फिर्ता गर्न र चर्को ब्याज दरमा लिएको रिन नतिर्न हाम्रो पार्टी सबैमा अनुरोध गर्दछ ।
६. कथित जनप्रतिनिधि भनिने दलाल सत्ताका मतियारका रुपमा केन्द्र देखि स्थानीय सम्म क्रियाशिल तिनका निर्माण कम्पनी, निर्माण सामाग्री र उनीहरुद्वारा निर्देशित उपभोक्ता समितीलाई तत्काल खारेज गर्न हाम्रो पार्टी सुसूचित गर्दछ ।

७. भारतीय नम्बर प्लेटका सवारी साधन तथा चलचित्रमा पूर्ण रुपमा रोक लगाएको हाम्रो पार्टी घोषणा गर्दछ ।

८. कालोबजारी गर्ने, उपभोक्ता ठग्ने, खोला नाला तथा काठ चोरीपैठारी तस्करी गर्ने लगायतका अवैध कार्य गर्ने कथित उद्योगी, व्यापारी र समयमा काम सम्पन्न नगर्ने र गरे पनि गुणस्तरहीन काम गर्ने निमार्ण व्यवसायीलाई बहिस्कार गर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।
९. विभिन्न नाममा धर्म–संस्कार संस्कृति र समाज बिरोधी व्यापारीक प्रयोजनमा गरिने मेला–महोत्सव र महायज्ञ नगर्नर नगराउन सम्बन्धित निकायलाई हाम्रो पार्टी सुसूचित गर्दछ ।

१०. जनसत्ताको नीति नियम र अनुमति बेगर संचालित एनजिओरआइएनजिओ लाई प्रतिबन्धित गरिएको छ ।

११. गुण्डागर्दीर जुवातासर जाडरक्सीर बाल तथा बहुविवाह र यौन–व्यभिचार र मानव तस्करि र ढुकुटी लगायत सामाजिक अपराधका मुल कारक भएको हुदा त्यस्ता कार्य नगर्न र नगराउन सबैमा हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।
१२. ज्यानमारा बिषालु रक्सी उत्पादन बिक्री वितरण तथा उपभोग नगर्न र नगराउन हाम्रो पार्टी सुसूचित गर्दछ ।

१३. कृषि, पर्यावरणको खिलाप जग्गा जमिन खण्डीकरण गर्ने, शिक्षा र स्वास्थ्य जस्तो सेवाको क्षेत्रमा व्यापारीकरण गर्ने, जनसेवाका काममा विलम्ब गर्ने कर्मचारी लगायतका भुमाफिया, शैक्षिक माफिया, स्वास्थ्य माफिया कमिसनखोरलाई जनपरिषदको केन्द्रिय निति अनुरुप जनकार्वाही गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here