ललितपुरको गोदाममा लागेको आगो नियन्त्रणमा, करोडौकोे क्षति

204

काठमाडौं / ललितपुरको भैंसेपाटी-२५ मा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ । घटनास्थलमा खटिएका ललितपुर प्रहरी परिसरका डीएसपी अपिलराज बोहराले आगो नियन्त्रणमा आएको जनाए ।

बोहराका अनुसार गोदाममा कार्पेट राखिएको थियो । दिउँसो करिब १ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगलागी भएको खबर आएलगत्तै ललितपुर र काठमाडौँका दमकलका साथमा ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिईएको हो ।आगलागीको कारण खुल्न सकेको छैन ।  ट्रेडर्सका सञ्चालकले करिब ४ करोड रुपैयाँ क्षति भएको दाबी गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here