हप्ताको पहिलो दिन शेयर बजार घट्याे

105

काठमाडाैं । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव ८३ अङ्कले घटेर दुई हजार नौ सय २० दशमलव ५१ विन्दुमा झरेको छ ।

आज बीमा, उत्पादन र अन्यबाहेक अरू सबै समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर ७३ अङ्कले, फाइनान्स समूहको शेयर ७२ अङ्कले, होटल समूहको ५२, व्यापारको ४६ र बैंकिङ समूहको शेयर साढे १६ अङ्कले घटेको छ ।  आज दुई सय ३२ वटा कम्पनीकाे एक करोड ४७ लाख कित्ता शेयर सात अर्ब तीन करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ३२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज साम्लिङ पावर कम्पनीको शेयर साढे ६ प्रतिशत र गुर्खाज फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्राेको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युत् कम्पनीको शेयर नौ दशमलव ७३ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here